काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आगामी पुस १६ गते साधारण सभा गर्ने भएको छ । शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पुस १६ मा साधारण सभा गर्ने निर्णय गरेको हो । यस्तै संविधान कार्यान्वयनको चुनौती र नेपाली सञ्चार माध्यामको भूमिकाको बारेमा आगामी मङ्सिर १८ गते अन्तक्रिर्या गर्ने भएको छ । कृष्ण प्रसाद भट्टराई अक्षय कोष निर्माण गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शाखाका अध्यक्ष अर्याल, सचिव महेश्वर गौतम र सदस्य अच्युत रेग्मी रहने गरी उपसमिति गठन गरेको छ । अन्तराष्ट्रिय पत्रकार समाजको अग्रसरतामा थालिएको पत्रकारकोे सुरक्षाका लागि ‘डिजीटल अभियान’लाई सफल बनाउन शाखाका सम्पूर्ण सदस्य क्रियाशिल रहने निर्णय गरेको छ ।
प्रतिक्रिया