काठमाडौं , ३० जेठ । पत्रकारहरुले अनलाईन सञ्चारमाध्यमलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार राजधानीको बोस्टर मिडियामा आयोजित नेपाल प्रेस युनियन काठ्माडौँ कार्य समितिलाई बधाई तथा अनलाईन पत्रकारिता सम्बन्धी अन्तक्र्रियामा पत्रकारहरुले व्यवसायीक बनाउनु पर्नेमा जोड दिएको हुन् ।
कार्यक्रममा नेपाल प्रस युनियनका कार्यबाहाक अध्यक्ष बद्रि सिग्देल,
अनलाईन पत्रकार संघका पूर्व अध्यक्ष केपी ढङ्गाना,
पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा हरेकपल डट कमका सम्पादक प्रकाश थापा,
राष्ट्रिय खबर डटकम का प्रधान-सम्पादक मुकुन्द ढुंगाना ,
अनलाइन खबर डट कमका सम्पादक अरुण बराल, प्रेस युनियन काठ्माडौँ शाखाको अध्यक्ष नकुल अर्याल,
कार्यसमिति का पधादिकारीहरु साझा सवालका अनिल अधिकारी र इसांग्रिला डटकम का प्रलाद घिमिरे लगायतका पत्रकारहरुले बढ्दै गएको अनलाईन पत्रकारीतालाई व्यवस्थित र व्यवसायीक बनाउनु पर्नेमा जोड दिएको हुन् ।
उनीहरुले अनलाईन पत्रकारिता सम्बन्धी ठोस निति बनाउनु पर्ने कुरालाई जोड दिदै निति नियम बनाउदा सम्बन्धित व्यक्तिहरुसंग परामर्श गरेर अघि बढ्नुपर्ने सुझाब दिएको छन् । सोहि कार्यक्रममा बोस्टर मिडियाको अध्यक्ष मुकुन्द ढुंगानाले नेपाल प्रेस युनियन काठमाडौँ शाखाका नवनिर्वाचित कार्यसमितीलाई सम्मान सहित मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।
प्रतिक्रिया