केरा र गाईको दुधमा हुन्छ एड्सबाट बच्ने शक्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७२, बुधबार ०७:१५

keकाठमाडौँ । एचआइभी संक्रमणबाट बच्न केरा र गार्इको दुध उपयोगी हुने एक अनुसन्धानले देखाएको छ । अत्यधिक मात्रामा प्रोटिन पाइने यि दुवै तत्वको सेवन गरेसँगै एड्स रोगीहरुको प्रतिरोध्घात्मक क्षमता बढ्ने उक्त अध्ययनले देखाएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले बाहिर ल्याएका हुन् ।

दबलबलब नष्च िपत कभहथ

केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ । वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ छन् त्यस्तै उक्त अध्ययनले नवजात शिशुलाई एचआइभी संक्रमणबाट बचाउन तथा एचआइभीको उपचारका लागि गार्इको दुध उपयोगी हुने देखाएको छ ।

अनुसन्धानकर्ताहरुले गार्इको दुधमा हुने एक प्रोटिनको संचरना बदलेर त्यसमा इन्टी रेट्रोभाइरल औषधिलाई घुलनशील बनाउने नयाँ उपाय पत्ता लगाएका हुन् । जसबाट गार्इको दुधलाई एड्सको उपचारमा उत्कृष्ट औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । अमेरिकाको पेन्सिल्भानिया स्टेट युनभिर्सिटीका प्राध्यापक समेत रहेका शोधकर्ता फेटेरिको हर्टले गार्इको दुधमा पाइने एक प्रोटिन समूह क्यासिन्समा यस्तो प्रयोग गरेका हुन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१