मृत्यु हुनेमा मेचीनगर नगरपालिका– १ निवासी ४१ वर्षीय तारा गुरुङ रहेका छन् । मे६प ७३५६ नंको मोटरसाइकलमा सवार उनलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ३०७५ नंको बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ ।
यसैवीच प्यूठान भालुवाङ सडकखण्डको तिराम वडा नं ४ थक्लेनीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
प्यूठानको भिङ्ग्रीबाट कृष्णनगरका लागि छुटेको लु१ख ३२४९ नंको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी १० जनाभन्दा बढी यात्रु गम्भीर घाइते भएको बसमा सवार यात्रु टीकाराम कालाथोकीले जानकारी दिनुभयो ।
दुर्घटना भएको स्थानमा अहिले प्रहरी जान लागेको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ । रासस
प्रतिक्रिया