लालु यादवले भने– मोदीले रोटी–बेटीको साइनो भएको देशको युगौं युगदेखिको सम्बन्ध बिगारे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७२, मंगलवार ०९:५९

modiकाठमाडौं, १५ मंसिर  । दुई दिन अघि राष्ट्रिय जनता दलका महासचिवले मधेसको अधिकारका लागि लड्ने बताएपछि बिहार सरकारले समेत नेपालप्रति सद्भाव नराखेको टिपणी चल्यो । तर सोही पार्टीका अध्यक्ष तथा बिहारका पूर्व मुख्यमन्त्रीलालुप्रसाद यादवले भारतीय प्रधानमन्त्रीले नेपालमाथि गरेको व्यवहारको आलोचना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौं युगदेखिको सम्बन्ध बिगारेको बताउँदै यादवले ट्विट गर्दै भने, “,रोटी र बेटीको सम्बन्ध भएको छिमेकी नेपालसँगको सम्बन्ध त बिगारे भने अरु देशहरुसँग के स्थिति होला ः”

यादवले दुईवटा ट्विटार्फत मोदीको आलोचना गरे । उनले लेखेका छन् ‘ुअब त्यहाँ मा चीन घुस्दैछ र महामहिम विश्व भ्रमणमा हुनुहुन्छ।’

बिहारको चुनावमा सबैभन्दा बढी मत पाउने लालु यादवको यो भनाईले बिहार र नेपालको सम्बन्धमा ठूलो महत्व राख्न सक्छ ।
ु“ठूलो तामझाम सहित भ्रमण गरेको नेपालसँग त सम्बन्ध बिगारे। बाँकी देहरुसँगको हालत कस्तो होलारु, लालुले ट्विटमा भनेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१