सोमबार बिहान काठमाडौँ केन्दबिन्दु बनाएर पराकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७२, सोमबार ०७:२४

earthquake_aftershock3काठमाडौं ,१४ मङ्सिर ।  सोमबार बिहानै शिवपुरी नागांर्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु बनाएर राजधानीमा भूकम्प गएको छ ।

बिहान ६ बजेर १० मीनेट जाँदा ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको पराकम्पलाई राजधानीबासीले महसुस गरेका छन् ।

यसअघि शुक्रबार दिउँसो काभ्रेपलान्चोकको बनेपा बजारलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको थियो भने बुधबार सिन्धुपाल्चोकमा पनि ४।१ म्याग्निच्यूडकै भूकम्‍पकको धक्‍का महसुस भएको थियो।

प्रतिक्रिया