संसारकै उच्च स्थानमा आर्ट ग्यालरी स्थापना गर्न आरोहीको माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७२, सोमबार ०७:११

12312286_10208436890018993_1397412195_n  काठमाडौँ  ।  सर्वोच्च शिखर सगरमाथाको कलापत्थरमा आर्ट ग्यालरी स्थापना गरेर विश्व रेकर्ड कायम गर्न पर्वतारोहीले माग गरेका छन| विश्व पर्वतारोही सञ्जय पण्डितको नेतृत्वमा सगरमाथा आरोही छिरिङ शेर्पा, सांस्कृतिक सङ्ग्राहलयका सदस्य बसन्तकुमार कार्कीलगायतको टोलीले आज संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । अर्जेन्टिनामा अवस्थित दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुवामा निर्माण भएको आर्ट ग्यालरी सर्वोच्च स्थानको ग्यालरीका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ हाल कायम छ । जो ४३०० मिटरको उचाइमा रहेको छ भने नयाँ ‘रेकर्ड’ कायम गर्न प्रस्ताव गरिएको कालापत्थरको उचाइ पाँच हजार ४०० मिटर छ| पर्वतारोहीको टोलीले सगरमाथा आरोहण दल तथा आठ हजार मिटरका हिमालमा हरेक वर्ष पाँच प्रतिशत आरोही सम्पर्क अधिकृतका रुपमा पठाइने गरेकामा बढाएर ५० प्रतिशतमा पु¥याउन मन्त्री पोखरेललाई आग्रह गरेका थिए । 12325174_10208436889898990_1068902717_nउनीहरुले लुक्लादेखि कालापत्थरसम्म केबुलकार निर्माण गर्नसके हरेक वर्ष देशमा करिब र ५० लाख अन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भन्दै आगामी बजेटमा यस्ता राष्ट्रिय गौरवका आयोजनामा जोड दिन सरकारलाई आग्रह गरेका थिए । साथै, उनीहरुले सगरमाथा आरोहणमा ज्यान गुमाएका परिवारलाई सरकारले हेर्नुपर्नेलगायतका माग राखेका थिए । मन्त्री पोखरेलले पर्वतारोहीका मागप्रति सकारात्मक धारणा दिएको कार्यकमको संयोजन गरिरहेका पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१