मायाप्रेम, विवाह र अंगप्रदर्शनका बारेमा यसो भन्छिन् सोनाक्षी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ मंसिर २०७२, आईतवार १८:१२

soएजेन्सी  ।

जब ‘दबंग’ बाट बलिउडमा एक सुन्दरीको प्रवेश भयो तीनले भारतीय मान्यतामा संस्कारी नारीको उपमासमेत पाइन् । त्यसपछिका फिल्ममा समेत उनले खुलेर अंगप्रदर्शन र अन्तरंग दृश्यहरु दिएकी छैनन् । उनी हुन् सोनाक्षी सिन्हा ।

एक भारतीय सञ्चारमाध्यमसँग लामो कुराकानि गर्ने क्रममा सोनाक्षीले आफू कहिल्यै पनि खुलेर अंगप्रदर्शन पनि नगर्ने र अन्तरंग दृश्य पनि नदिने बताएकी छिन् । उनले भनिन्,‘मलाई लाग्छ म साहै् भाग्यमानी छु । मेरो विचारमा मेरो बाबाआमाको ख्यातिले मलाई पनि काम गरेको छ । यसैको कारणले म यहाँसम्म आइपुगेको हूँ । यो क्षेत्रमा जसले अंगप्रदर्शन गर्छ, त्यसको विरोधमा म छैन । कति मजबुरीका लागि गर्छन् त कति रहरमा या कति बुझेरै गर्छन् । तर, म अंगप्रदर्शनमा सिमा नाघ्न सक्दिन । म बिकिनी कहिल्यै लगाउँदिन र किस सिन पनि दिन्न ।’

सोनाक्षी प्रेमका बारेमा पनि खुलेकी छिन् । उनले आफू अहिलेसम्म सिंगल रहेको दाबी गर्दै विवाह भने प्रेमविवाह नै गर्ने बताइन् । ‘म प्रेम कहिले होला भनेर पर्खिरहेको पनि छैन र इन्कार पनि गरिरहेको छैन ।’ उनले थपिन्,‘त्यसो त विवाह, प्रेम भन्ने कुरा भाग्यका कुरा पनि हुन् । जहिले हुन्छ हुन्छ । तर, मेरो विवाह प्रेमबाटै हुन्छ । म चाहन्छु, मेरो दुलाहा अग्लो होस् । बारम्बार मलाई हँसाइराखोस् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१