कास्कीमा बन्द गर्दै हिँडेका २७ जना प्रहरी नियन्त्रणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ मंसिर २०७२, आईतवार ११:४१

पोखरा,१३ मङ्सिर । नाकाबन्दीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादी(चन्द समुह)ले आह्वान गरेको नेपाल बन्दका कारण कास्कीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार क्षेत्रमा पसल फाट्टफुट्ट खुलेका छन् ।

बिहानको समयमा सञ्चालन हुने शैक्षिक संस्थाको पठनपाठन पनि प्रभावित भएको छ । बिहान कास्कीका विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने २७ जनालाई लेखनाथ र पोखराका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता कृष्णबहादुर बल्लीले बताउनुभयो ।

उहाँका अनुसार लेखनाथ नगरपालिका क्षेत्रबाट सातजना र पोखरा उपमहानगर क्षेत्रबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१