पोखरामा टुरिष्ट गाईड तालिम सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ मंसिर २०७२, आईतवार ०६:५३

Tourist Guide Training at Pokharaकास्की ।  विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै पर्यटन क्षेत्रमा रोजगार सृजना गर्ने उदेश्य सहित पोखरामा होमस्टे संचालकहरुलाई टुरिष्ट गाईड तालिम सुरु गरिएको छ । एसियन फोरमको आयोजनामा संचालित तालिम कार्यक्रममा कास्की र तनहुँका बिभिन्न होमस्टे संचालन गरिरहेका २५ जनाको सहभागिता रहेको छ । तालिममा ल्वाङ्ग घलेल होमस्टे, पचभैयाँ होमस्टे, कालाबाङ्ग घरेडी होमस्टे र तनहूँको रानागाँऊ भाल्डाँडा होमस्टेको युवाहरुको सहभागिता रहेको छ । वैदेशिक रोजगारमा गई फर्कनेहरुलाई स्वदेशमै रोजगारी दिई ग्रामिण पर्यटनको प्रवद्र्धन गर्न तालिमले सहयोग पुग्ने एसियन फोरमका अध्यक्ष निरज थापाले बताउनु भयो । तालिममा भुमराज तिवारी र गौरी भट्लेप्रशिक्षण प्रदान गर्नुहुनेछ । संयुक्त आप्रवासन तथा विकास पहल कार्यक्रम अन्तर्गतको होस्ट परियोजनाका संयोजक प्रकाश विश्वकर्माले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१