ISIS को निसानामा दिल्ली, आकाशमा केही शंकास्पद् बस्तु देखे उडाईदिन आदेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७२, शनिबार १०:३५

काठमाडौं । भारतीय  मुस्लिमहरुमाथि विभेद् बढेको र धार्मिक रुपमा असहिष्णु बनेको आरोप लागिरहेका बेला इस्लामिक स्टेट (आईएसआईएस)ले दिल्लीमा आक्रमणको तयारी गरेको सुराक पाएपछि भारतले उच्च सतर्कता अपनाएको छ ।

indiagate

आईएसआईएसले दिल्लीमा हवाई हमला गर्न लागेको सुराक पाएपछि भारतीय गृहमन्त्रालयले आकाशमा कुनै शंकास्पद् बस्तु देखे तत्कालै उडाईदिन आदेश दिएको छ । सुरक्षा एजेन्सीहरुले आईएसको निसानामा पर्न सक्ने दिल्लीका १५ स्थानको सूची गृहलाई बुझाएका छन् ।

वायु सेनाले शंकास्पद् मानेको कुनै पनि चिजलाई आकाशमै ध्वस्त पारिदिने अधिकार पाएको छ । अब यसका लागि उसले कुनै अनुमति लिईराख्नु पर्दैन । यस विषयमा दिल्ली पुलिस, सीआईएसएफ, नागरिक उड्डयन मन्त्रालय र वायुसेनाका अधिकारीहरुको बैठक पनि बसेको थियो । गृहमन्त्रालयले सो बैठकमा सबैसँग आईएसको सम्भावित हमलाको सामना गर्न सुझाव मागेको थियो ।

 

अघिल्लो महिलना दिल्लीको आकाशमा एक ड्रोन देखा परेको थियो । केहि समयमै त्यो गायव भयो । भारतीय सुरक्षा एजेन्सीहरुले सो ड्रोनको बारेमा रहस्य अझै सुल्झाउन सकेका छैनन् । सोही कारण अब स्ट्याण्डर्ड अपरेटिङ सिस्टम बनाउने तयारी भएको छ ।

 

मोदी निवास पनि खतरामा

गृहमन्त्रालयका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको निवास पनि सम्भावित खतराको क्षेत्रमा छ । यसका अलावा राष्ट्रपति भवन, राजपथ तथा सीबीआई, सीआईएसएफ तथा बीएसएफको मुख्यालय खतराको सूचीमा छन् ।

स्रोतलाई उल्लेख गर्दै चर्चित भारतीय टिभी आजतकको अनलाईन संस्करणमा प्रकाशित खबर अनुसार सुरक्षा एजेन्सीहरुले गृहमन्त्रालयलाई एक प्रतिवेदन बुझाएका छन् । यससँगै वायु सेनाले असामान्य मानेको कुनै पनि चिजलाई सुरक्षा एजेन्सीहरुले तत्कालै आकाशमै ध्वस्त पार्न सक्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१