तालको सतह बढ्दा प्रवासी चराहरूलाई खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७२, शनिबार ०८:४०

font-b-Animal-b-font-sunset-white-birds-doves-font-b-sea-b-font-4-1024x640चीन । विभिन्न देशबाट चीन आएका प्रवासी चराहरूको जीवन हिउँदे भेल र बाढीपश्चात तालको पानीको सतह एक्कासी माथि आउँदा आहाराको अभाव भई खतरामा परेको चिनियाँ पंक्षी विज्ञहरूले बताएका छन् । विभिन्न हिमाली क्षेत्रबाट पोयाङ तालमा आएर जाडो छल्दै हिउँद बिताउने चरालाई चीनको जियाङ्जी प्रान्तमा बेमौसमी हिउँदे बाढी आउँदा समस्या परेको उनीहरूको भनाइ छ ।

जियाङ्जी प्रान्तमा आएको भारी हिउँदे वर्षाका कारण पोयाङ ताल वरपरको जमिन जलमग्न भएपछि चराहरूबस्ने बासस्थान र खाने कुराको सङ्कट महसुस गर्न थालेका पोयाङ ताल प्राकृतिक आरक्षण केन्द्रका एक अधिकारीले बताए ।

शुक्रबार बिहान ८ बजेको समयमा तालको उचाई एक्कासी बढी १४।५१ मिटर उचाईमा पुगेपछि चराको बासस्थान र आहारामा समस्या परेको हो ।औसतमा प्रत्येक वर्षको हिउँदमा ११।१९ मिटर हुने गरे पनि बेमौसमी वर्षाका कारण आएको बाढीका कारण तालको सतहमा उच्च वृद्धि भएको छ ।

बाढीका कारण ताल र वरिपरी बसोबास गर्ने करिब एक लाख चरा आहाराको खोजीमा भौतारिने गरेका बताइएको छ ।प्रवासी चराहरूको खासगरी तालमा पाइने माछा तथा वरिपरीका झार तथा साना ठूला बोटविरुवाका पात, फूल तथा दाना मुख्य आहारा हो ।

आहारा सङ्कटका कारण करिब २० हजार चरा आहाराको खोजीमा अन्यत्र गएको आरक्षण कार्यालयको अनुमान छ ।यसैबीच, तालमा आहाराको सङ्कट परेपछि चराहरू नजिक रहेका खेतबारी तथा माछा पालन केन्द्रमा गएको र किसानहरू यसबाट मर्कामा परेको स्थानीय ली चुनरुले बताउनुभयो ।

यहाँका स्थानीय बासिन्दा तथा स्थानीय प्रशासनले पंक्षीहरूको जीवन आहारा अभावका कारण सङ्कटमा नपुगोस् भनेर बजारमा दाना किनेर बासस्थान वरिपरी पुयाइदिने गरेको पनि आरक्षण अधिकारीले बताए ।

राससरसिन्ह्वा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१