फर्म्याट नगरिकनै यसरी बनाउनुस् कम्प्युटरलाई फास्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७२, शनिबार ०८:२२

pएजेन्सी । तपाईले कम्प्युटर र ल्यापटपलाई निरन्तर चलाउनुभयो भने केही समयपछि आफैँ यसको स्पिड घट्न थाल्छ । कहिलेकाँही त सिस्टम बूट हुनका लागि केही समय प्रतिक्षा नै गर्नुपर्छ ।
यसरी कम्प्यूटर तथा ल्यापटप ह्याङ भएपछि प्रयोगकर्ताहरु त्यसलाई फम्र्याट गर्न थाल्छन् । जबकी सिस्टम स्लो हुदैँमा फम्याट गरिहाल्नुपर्छ भन्ने छैन् । केही उपायहरु यस्ता छन् जसले तपाईको कम्प्यूटरलाई फम्र्याट नगरिकनैँ पुरानै स्पिडमा फर्काउन सकिन्छः

१ रिसाइकिल बिन खाली गर्नुहोस्
काम नलाग्ने फाइलहरु रिसाइकल बिनबाट पनि हटाउनुस् । रिसाइकल बिनमा राख्दैमा सिस्टमबाट ति फाइल डिलिट भएका हुदैँनन् । रिसाइकल बिन पनि विन्डोजकै एक भाग हो ।
यसका लागि प्रयोगकर्ताले रिसाइकल बिन खोलेर सबै फाइल डिलिट गर्न जरुरी छ । रिसाइकल बिनबाट डिलिट भएको फाइल सिस्टमबाट सधैँका लागि डिलिट हुन्छ । यदी कुनै फाइललाई सिधैँ सधैँका लागि डिलिट गर्न चाहनुहुन्छ भने सिफ्ट ं डिलिट बटन थिच्दा हुन्छ । यसो गर्दा फाइल रिसाइकल बिनमा जादैँन र सिधैँ सिस्टमबाट सधैँका लागि हट्छ ।

२ स्टार्ट अप कम गर्नुहोस्
धेरै पटक मानिसहरु आफ्नो सिस्टमा स्टार्ट अप प्रोग्राम्सलाई धेरै इन्स्टल गर्छन् । यसो गर्दा कम्प्यूटरको स्पिड कम हुन्छ । स्टार्ट अप यस्तो प्रोग्राम हो, जून कम्प्यूटर अन भएपछि अटोमेटिकल्ली अन हुन्छ । यसमा एनालग, क्लक, स्क्रिन न्यूज फिड, स्काइप, बिट, टोरेन्ट जस्ता थुप्रै प्रोग्राम हुन्छ । यस्ता प्रोग्रामलाई प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् ।

कसरी अनइन्स्टल गर्ने
स्टार्ट मेन्युमा जानुहोस् र रन कमान्ड या ‘विन्डोज कि ं च् क्लिक गर्नुहोस्
जून विन्डो खुला हुन्छ त्यसमा “mकअयलाष्न” लेखेर इन्टर बटन दबाउनुहोस्
यसपछि स्टार्ट अप ट्वाबमा क्लिक गर्नुहोस् र जून प्रोग्राम चलाउनुछैन् त्यसलाई चुनेर लिस्टबाट हटाउनुहोस् ।

३ ऋ ड्राइभलाई खाली राख्नुहोस्
कम्प्यूटरमा सी ड्राइभ सबैभन्दा जरुरी ड्राइभ हो । यस हिस्सामा हार्ड डिस्कको सबैभन्दा जरुरी सफ्टवेयर्स रहन्छ, जून बिना सिस्टम चल्न पाउँदैन । त्यसैले यस ड्राइभमा धेरै डाटा नराख्नुहोस् । अनावश्यक प्रोग्राम या सफ्टवेयरलाई अन्य कुनै ड्राइभलाई राख्नुहोस् । व्यक्तिगत डाटाहरु पनि अन्य ड्राइभमा राख्नुहोस् ।

४ गेम खेल्नुहुन्छ भने ग्राफिक्स ड्राइबर अपग्रेट गर्नुहोस्
यदी तपाई एचडी गेमिंगको सौखिन हुनुहुन्छ भने आफ्नो पिसीको ड्राइवर्स अपग्रेड गर्नुहोस् । ड्राइवर्स त्यो खास प्रोग्राम हो जसले कुनै पनि हार्डवेयरलाई चलाउने काम गर्छ । पिसी किन्दा जून ड्राइवर्स आउँछ त्यो केही समयपछि पुरानो हुन्छ । त्यसैले ड्राइवर्सलाई अपग्रेड गरिरहनुस् ।

५ एकभन्दा बढी एन्टिभाइरस नराख्नुहोस्
भाइरसका कारण एन्टिभाइरस जरुरी हुन्छ । तर कम्प्यूटरका लागि केवल एउटा रजिस्टर्ड एन्टिभाईरस काफी हुन्छ । यस्तो अवस्थामा दुई प्रोग्राम वा थुप्रै फायरवाल प्रोग्राम इन्स्टल गर्नाले पिसी स्लो हुन्छ ।

६ करप्ट फाइललाई स्क्यान गर्नुहोस्
कप्यूटरको अपरेटिंग सिस्टमले सधैँ पिसीको सिस्टम फाइल्समा परिवर्तन गर्ने गर्दछ । यसमध्ये केही फाइल्स यस्ता हुन्छन्, जून सिस्टम अपडेटपछि करप्ट हुन्छन् । यस्ता फाइल्स प्रयोगकर्ताको काममा आउँदैनन् , तर पनि सिस्टमा धेरै ठाउँ लिन्छन् । यस्ता फाइल्सलाई डिलिट गर्नुहोस् या फेरि रिपेयर गर्नुहोस् ।

कसरी चेक गर्ने रु
करप्ट फाइल्स चेक गर्नका लागि ऋयलतचय िउबलभश्रि उचयनचबmकश्र गलष्लकतबिि यच अजबलनभ उचयनचबmक मा जानुहोस् त्यसपछि “क्थकतझ ँष्भि ऋजभअपष्लन” को मद्धतबाट करप्ट फाइल्सलाई पिसीबाट हटाउन सकिन्छ वा फेरि यसलाई रिपेयर गर्न सकिन्छ ।

७ हार्डवेयरमा ध्यान दिनुहोस्
यदी तपाईको पिसी धेरै पुरानो भइसक्यो भने त्यसको स्पिड बढाउन हार्डवेयर परिवर्तन गर्न पनि जरुरी हुनसक्छ । धेरै पुरानो भएको छैन् भने र्याम बढाउन पनि सकिन्छ । थुप्रै पटक पुराना पिसीमा पोर्टस् जाम हुनसक्छ । यदी पटक पटक पिसी ह्यांग भइरहेको छ भने कोही टेक्निसियनलाई बोलाएर हार्डवेयर जाँच गराउनुस् । यसपटक सफ्टवेयर पनि जाँच गर्नुहोस् । यदी तपाई विन्डोज एक्सी चलाउँदै हुनुहुन्छ भने त्यसको सट्टा विन्डोज ७ या ८ इन्स्टल गर्न सक्नुहुन्छ ।

८ डेक्सटप सफा राख्नुहोस्

यदी तपाई पिसीको स्पिड बढाउन चाहनुहुन्छ भने यसका लागि तपाईको डेक्सटप सफा राख्नुहोस् । डेक्सटपमा जति धेरै फाइल सेभ हुन्छ उती नै मेमोरी स्पेन खर्च हुन्छ किनकी डेक्सटप सधैँ प्रयोगमा हुन्छ । त्यसैले डेक्सटपमा सेभ गरिएका फाइल ड्राइभ सिका हिस्सा हुन्छन् र यसमा धेरै र्याम खर्च हुन्छ । त्यसैले फाइललाई डेक्सटपमा सेभ गर्नुको सट्टा अन्य ड्राइभमा सेभ गर्नुहोस् ।

९ रजिस्टर्ड एन्टीभाइरसको प्रयोग
इन्टरनेटको मद्धतबाट पिसीमा थुप्रै भाइरस आउँछन् , जसका कारण पिसीको स्पिड कम हुन्छ । त्यसैले सधैँ रजिस्टर्ड एन्टिभाईरसको प्रयोग गर्नुहोस् र हरेक हप्ता या महिनामा पीसीको फूल स्क्यान गर्नुहोस् ।

१० अनावश्यक सफ्टवेयर्स तथा भिडियो हटाउनुस्
पिसीमा थुप्रै सफ्टवेयर सेभ हुन्छन् , जसको उपयोग तपाई कहिल्यै गर्नुहुन्न । तर त्यस्ता सफ्टवेयरले मेमोरी स्पेस थुप्रै खान्छन् र कम्प्युटरलाई स्लो बनाउँछन् । यदी पीसीको इन्टरनल मेमोरी कम छ भने यस्ता सफ्टवेयर्स हटाउनुपर्छ । त्यस्तै तपाई एनिमेशन इफेक्ट्स वा भिजुयलको प्रयोग गर्नुहुन्छ र लाइव स्क्रिन सेवर जस्ता चीन चयन गर्नुहुन्छ भने पनि पिसी स्लो हुन्छ । यदी तपाईको पिसीमा मेमोरी कम छ भने यस्ता सफ्टवेयर्स तथा भिडियो प्रयोग नगर्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१