भारतको नाकाबन्दीले अहिले नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । मधेस आन्दोलनले १०० दिन पूरा गरिसकेको छ भने भारतको अघोषित नाकाबन्दीले पनि हनिमुन मनाउने तरखरमा पुग्न बेर नलाग्ने अहिलेको ताजा अबस्थाले देखाएको छ । बजारमा खानेतेल नून, मटितेल, पेटोल, डिजेलको कारोबजारीले जनताको ढाड नराम्ररी सेकाएको छ । सहरमा त ग्यासको हाहाकार मच्चिएको छ बिजुली कटौती छिनछिनमा हुनाले मध्यम वर्गको जीवनस्तर चल्नै नसक्ने अवस्थामा पुगिसकेको छ भने तल्लो स्तरका जनताहरु भने भोकभोकै पर्न थालिसकेको अवस्था छ राजधानीमा । अत्यावश्यक कामको लागि निस्कनु पर्दा सवारी साधन पाइन्न पाइए पनि चर्को भाडा तिरेर पनि बसको छतमा कष्टकर र खतरायुक्त यात्रा गर्नुपरिरहेको अवस्था छ । हुनेखानेहरु पनि अहिलेको अवस्थाबाट ससकित बन्न थालेका छन् । फाइदा छ त कालो बजारी गर्नेलाई । १०४ रुपैयाको पेटोल ४/५ सय सम्म मा खुलेआम बेचिरहेका छन् । ग्यासको सिलिण्डर १० हजारसम्ममा बेचिरहेका छन् । खाने तेल साबुन औषधि त अहिले सहर बजारमा अभाव भइसकेको छ । खै के हुन लागेको हो यो ०७२ सालमा नेपाललाई । स्वभिमानी नेपालीलाई किन यस्तो आपत आइलाग्यो यस वर्ष । फोहोरी राजनीतिक खेलको कारण हो भन्छु म त । २००७ सालपछि राजनीतिक गर्नेहरुले नेपाललाई किन बिखण्डनको राजनीतिमा बन्धक बनाए सोझा नेपाली जनतालाई के थाहा ? नयाँ नेपाल गणतन्त्र नेपाल बनाउन होला की भन्ने सोचेका स्वभिमानी नेपालीहरुको आत्मा अहिले यसरी रोइरहेछ । जसको कारक बनेको छ फाहोरी नेपाली राजनीति । देशको विकासको आधारशिला दरिलो राजनीति र बलियो सरकार हो भन्ने विश्वव्यापी मान्यतालाई हाम्रो देशका नेताहरुले पैसाको दाउमा नेपालको विकासलाई राखिदिदा अहिलेको दुर्भाग्य निम्तिएको पक्का हो । अब पनि स्वभिमानी नेपाली चुप बस्ने हो भने नेपाल बिहार र सिक्किम बन्न के बेर बेलेमै सचेत होऔ. हामी नेपाली, एक भइ जुटौ उठौ फोहोरी खेलको अन्त्य गरौ कालो बजारी भष्टाचारीलाई फासी दिने कानून अब बनाऔं जय नेपाल ।
हामी धेरै नेपालीहरु यस्तो अवस्थामा पनि सहयोगी छौ भन्ने कुरा तेज एण्ड करण इन्टरप्राइजेजले इन्धनको अभावमा जोखिम यात्रालाई न्युनीकरण गर्न भनेर सञ्चालन गरेको निःशुल्क वस सेवालाई मुरी मुरी धन्यवाद छ ।
तेज एण्ड करण इन्टरप्राइजेजको निःशुल्क वस यात्रा सेवामा मैले पनि कालीमाटीदेखि कलंकीसम्म छोटोदुरीमा भए पनि यात्रा गर्न अवसर पाए मिति २०७२ मंसीर ८ गते । त्यस दिन म रत्नपार्कबाट गाडी नपाएर मातातीर्थ जान हिडेर कलंकी पुगेकी थिए । रत्नपार्कबाट हिडेर कालीमाटी पुग्दा खुटा दुखेर खपिनसक्नु भाथियो किनकी मेरो खुटामा पहिले लागेको सानो घाउ निको भइसकेको थिएन। कालीमाटी पुग्दा तेज एण्ड करणको निःशुल्क यात्रु वाहक भ्यान देखेरे हातले रोक्न इशारा गरे र धन्य भ्यान रोकियो र कलंकीसम्म पुग्ने मौका पाए । कलंकीबाट फेरि आधा घण्टा कुरेर मातातीर्थ जाने सार्वजनिक बसमा स्वास नै फेर्न नमिल्ने गरी कोचाकोच गरेर ७ बज्नै लाग्दा मातातीर्थ स्टेशन तल बस पुग्यो र रोक्न भने त्यसपछि बसबाट झरेरर घर पगे । निकै थकित भएकोले घर पुग्ने बित्तिकै केही नखाई सुते । एकैछिनमा उज्यालो भएछ, उठे र बाहिर हेरे घामको किरणले पो जस्क्याइरहेछ , आहा कति रमाइलो बिहानी त्यो ।
यस्तै सहयोगी हातहरु यस्तो विपतको बेलामा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न जुटौ उठौ हामी नेपाली एक भएर ।
– साधना बस्नेत/आइसिटी खबर
प्रतिक्रिया