तेश्रो विश्व युद्ध भैहाल्यो भने के के सम्म हुन सक्छ (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ मंसिर २०७२, शुक्रबार १३:०२

एजेन्सी ।

टर्कीले रुसको सैनिक विमान गोली हानेर खसालेपछि रुस र नेटो राष्ट्र आमने सामने भएका छन् । उनीहरुको तनावले अव विश्वमा तेश्रो विश्व युद्धको बादल मडारिएको कतिपयको भनाइ छ ।

रुसी सैनिक विश्लेषक पाभेल फेल्गेनहाउरले अव विश्वमा परमाणु यद्धको सम्भावना बढेको बताएका छन् । नेटोको मुख्य नेतृत्वकर्ता अमेरिका र त्यसको मुख्य प्रतिद्वन्दी संसारमै सबैभन्दा धेरै आणविक हतियार छन् ।

 

रुससँग ७७०० भन्दा बढी आणविक हतियार सक्रय छन् भने ४५०० भण्डारमा छन् । त्यस्तै रुसले क्षेप्यास्त्र र अवाइ अखडामा गरेर १९४८ तैनाथ गरेको छ ।

साँच्चिकै विश्व युद्ध भयो भने के के हुन सक्छ ?

१. ४ मिनेटको चेतावनी पाइने छैन

परमाणु हतियारको आक्रमणबारे जानकारी दिने प्रणाली १९९२ मा नै अन्त्य भैसकेको छ । नयाँ नयाँ प्रविधीले परमाणु हतियारको विकाशसँगै त्यसको प्रतिरक्षा प्रणाली समेत विकाश भएका छन् ।


२. एसएमएसबाट पाइनेछ जानकारी
अहिले बजारमा रहेका अधिकाँश अत्याधुनिक स्मार्ट फोनमा आणविक हतियारको आक्रमण हुन सक्ने जानकारी दिने प्रणाली समेत छ । खासगरी एप्पलको आइफोनको पछिल्लो संस्करणमा यो प्रणाली चर्चित छ ।

third world war symptoms 3

यसले आणविक आक्रमणको जानकारी एसएमएसबाट दिन्छ । पश्चिमा सरकारहरुले पनि आफ्ना नागरिकहरुलाई एसएमएसबाटै यस्तो जानकारी प्रणाली विकाश गरिसकेका छन् ।

३. खासै समय हुने छैन
अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रलाई रोक्न सक्ने कुनै पनि प्रविधी बनेको छैन । तर यस्ता पूर्व जानकारीले हामीलाई घर भित्र पस्न सक्ने समय सम्म दिनेछन् ।

third world war symptoms 2
रसियाको अत्याधुनिक यूद्धपोत

४. बमको नजिक भए कुनै उपाय हुने छैन

जापानको हिरोसिमामा अमेरिकाले खसालेको आणविक बम नजिकैबाट हेरेकाहरु त्यतिकै बिलाएका थिए । उनीहरुको कुनै अंश समेत फेला परेन । बम हानिएको मुख्य स्थान वरपर धेरै टाढा सम्म पनि कुनै मानिसको अवशेष फेला परेको थिएन । अहिले रुस र अमेरिकासँग त्यो भन्दा धेरै गुना शक्तिशाली बम तयारी अवस्थामा छन् ।

The BADGER shot was a 23 kiloton nuclear bomb. Over 2,000 US soldiers were within 3.7 kilometers of the explosion and some moved as close a 460 kilometers after the blast. April 18, 1953, at the Nevada Test Site.

५. हाइड्रोजन बमले पुरै शहर खाइदिन सक्छ

अहिले अमेरिका र रुसको भण्डारमा रहेका हइड्रोजन बमले संसारका ठूला ठूला शहरलाई एकै सेकेण्डमा भग्नावशेषमा परिणत गरिदिन सक्छन् । हिरोसिमा र नागासाकीमा खसालेको बमले उत्पन्न गरेको रेडियो विकिरणले कम्तिमा ६ करोड मानिस मारिएका थिए । यो भन्दा भयानक हुने हाइड्रोजन बमले यस्ता करोडौं मानिसलाई खरानी बनाउन सक्छन् ।

Danger of nuclear war illustration with multiple explosions

६. ठूला स्तरका आणविक युद्धले संसार नै केही मिनेटमा खरानी बनाउन सक्छ
अमेरिका र रुससँग रहेका सबैभन्दा शक्तिशाली आणविक बमहरुको प्रयोग भएर संसारभरी युद्ध शुरु भएमा केही मिनेटमै संसार खरानीमा परिणत हुन सक्छ । अमेरिकाले यस अघि गरिसकेको हाइड्रोजन फ्यूजनको परीक्षणले केही समयमा संसारभरी पुग्ने क्षति पुर्‍याउन सकिने बम समेत तयारी अवस्थामा रहेको देखाएको छ ।

third world war symptoms 6

१९७९ मा अमेरिकी कांग्रेसको प्रविधी कार्यालयले प्रकाशित गरेको ‘दि इफेक्ट्स अफ वार’ अर्थात ‘युद्धका प्रभाव’ एक रिपोर्टमा आणविक युद्ध शुरु भएमा हुने अवस्थाको चित्रण गरिएको थियो । यस्तो युद्धले बमबाट बँचे पनि दशौं लाख मानिस रेडियो विकिरणका लागि क्यान्सरबाट मर्ने उल्लेख छ । यस्तो युद्धको शुरुवातमा बाँचे पनि ८० प्रतिशत अमेरिकीहरु यस्तो प्रभावले नै मर्ने समेत उक्त रिपोर्टको भनाइ छ ।

७. युद्धको पहिलो प्रभाव खराव हुनेछैन तर….
दोश्रो विश्व युद्धको अन्त्य तिर हिरोसिमामा खसालिएको अमेरिकन बम लिटर ब्याइले शुरुमा ८० हजार मानिस मारेको थियो । तर त्यसै वर्षको अन्त्य सम्ममा मर्ने मानिसको संख्या १ लाख ६६ हजार पुगेको थियो ।

third world war symptoms 5

८. पर्यावरणमा शताब्दियौं सम्म पनि असर रहने छ
कुनै प्रकारको भयानक युद्धले संसारको अन्त्य नै हुने अवस्था आयो भने त्यसको असर भएका सबै कुराको अन्त्य मात्र होइन शताब्दियौं सम्म पृथ्वीमा यसको असर रहने छ । बमले उत्पन्न गर्ने कार्वनले पृथ्वीको तापक्रम ह्वात्तै घटाउने छ भने वर्षाको प्रकृति नै फरक हुने छ ।

नेपालीहेडलाइन्स बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१