ग्रीनसिटीमा १० जनाको निःशुल्क ओपनहार्ट सर्जरी (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० मंसिर २०७२, बिहीबार ११:२९

adfकैलासबावु श्रेष्ठ/गोरखा। आर्थिक अबस्था कमजोर भएका तथा बिकट जिल्ला कालिकोटका ९ जना र धादिङका १ गरी १० जना मुटु रोगका विरामीको राजधानीमा रहेको ग्रिनसिटी अस्पतालमा निःशुल्क मुटुको शल्यक्रिया (ओपनहार्ट सर्जरी) सम्पन्न भएको छ ।

ffb37a34-3895-4a42-a180-a87f00c3d9efराजधानीको बसुन्धरामा रहेको सो अस्पतालमा बरिष्ट मुटु शल्यचिकित्सक डा.अनिल भट्टराईको नेतृत्वमा १० जना विरामीको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।4fa67edd-769c-438f-986c-ebb238d11780शल्यक्रियाका लागि ४ लाख बढी खर्च हुने भएता पनि ओपन हार्ट सर्जरी सेवा विरामीका लागि निःशुल्क उपलव्ध गराउन सेभ द हार्ट, नेसनल हार्ट सेन्टर र अस्पताल स्वयंले आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनले बताए ।9a695dfc-7f6c-4ade-ad51-cf83d8b8a096सेभ द हार्ट र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको संयुक्त आयोजना एवम् डा.ललित जङ्ग शाहीको विशेष पहलमा गतवर्ष पुसमा डा.भट्टराईको टोली कालिकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पुगेको थियो ।16159f55-fed8-44a5-9538-bfd68fb884acसो शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका १ हजार ४ सयमध्ये २० जनामा मुटु रोगी मध्ये पनि जटिल अवस्था देखिएका १० जनालाई राजधानीमा ल्याएर निःशुल्क उपचार गराइएको हो ।61dce6c0-35fd-4225-99ca-07ae33071925त्यसरी निःशुल्क शल्यक्रिया सेवा प्राप्त गर्ने विरामीहरुमा कुमा गाँउ ९ कालिकोटका १२ बर्षिय सुनील दर्जी, भर्ता १ कालिकोटका ६ बर्षिय सुनील धिताल, मान्म ९ कालिकोटका ३० बर्षिया अम्विका पाण्डे रहेका छन् ।b59fe93b-6ec1-444c-9c0b-1db891227d95त्यसैगरी नानीकोट ७ कालिकोटका २४ बर्षिय मेघराज संजेल, मान्म ९ कालिकोटका २५ बर्षिय हिरा नेपाली, मान्म ५ का २९ बर्षिया विमला शाही, मेहलमुडी ५ का २१ बर्षीया सरिता बोहरा रहेका छन् ।dc79d934-1863-4d88-a4fc-917fc2ec83f1त्यस्तै गरी मैदी १ धादिङका १९ बर्षिय एकबहादुर थापाको पनि सोही अबशरमा निःशुल्क रुपमा ओपनहार्ट सर्जरी गरिएको हो ।ed3bfdd3-ba1e-4570-bca7-b308729f040bशल्यक्रियामा डा. भट्टराईलाई एनेस्थेसिया डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ र डा. आशिष अमात्य, पर्फुजनिष्ट तथा स्टाफ नर्सहरुले सघाएका थिए ।fa8864a8-e461-4e73-8094-0b30e45f20e2

अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनले सेवा नै धर्म हो भन्ने उच्च आदर्शबाट प्रेरित भई विपन्न परिवारका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको भन्दै आर्थिक अभावकै कारण कोही पनि उपचारबाट बन्चित नहोस भन्नकै लागि अस्पतालले निःशुल्क सेवा उपलव्ध गराएको टन्डनको भनाई थियो ।70b0113e-f63e-4f50-a455-29635b9b3730

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१