ग्राण्डीद्धारा सरकारलाई सात करोडको औषधी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० मंसिर २०७२, बिहीबार ११:२५

3c849dd1-57e5-4f9f-a8a8-39a69d2839c2श्यामसुन्दर पुडासैनी/काठमाडौ, १० मंसिर  ।

हिमालय टाइम्स
काठमाडौ, मैसिर ९ । ग्रान्डी अन्तराष्ट्रिय अस्पताल र फुलकुमारी महतो मेमोरियल ट्रष्टले सरकारलाई ७ करोड रुपैया बरावरको अत्याबस्यकिय औषधी हस्तान्तरण गरेको छ । बुधबार गान्डी अस्पतालमा आयोजित एक कार्यक्रमविच अस्ताल अस्पताल संचालकहरुले स्वास्थ तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई सो औषधि हस्तान्तरण गरेका हुन् ।

संयुक्त अरब इमिरेट्सको दुबई स्थित न्यू मेडिकल सेन्टर अबुधाबीबाट नेपालका भुकम्प पिडित बिरामीहरुकालागि राहत स्वरुप प्राप्त भएका औषधिहरु अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे र फुल कुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष तथा गैह्रआवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संयुक्त रुपमा स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
दुबई स्थित न्यू मेडिकल सेन्टर अबुधाबीबाट ग्रान्डि अस्पताल र ट्रस्टलाई बिभिन्न किसिमका औषधि र उपचारमा प्रयोगहुने उपकरणहरु प्राप्त भएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री चौधरीले कुनैपनि नेपाली नागरिकले औषधिको अभावमा ज्यान गुमाउन नपरोस भन्नेमा आफु सचेत रहेको बताएका थिए । यस्तै फुल कुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष तथा गैह्रआवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा महतोले नेपाल सरकारलाई हस्तान्तरण गरिएका औषधिहरु हिमाल पहाड र तराइका जनतालाई बिभिन्न सरकारी स्वास्थ्य संस्थाहरु मार्फत निःशुल्क उपलब्ध गराईने कुरामा आफु बिश्वस्त रहेको बताएका थिए ।

प्रतिक्रिया