अमेरिकन बुहारी बन्दै अभिनेत्री प्रिटी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० मंसिर २०७२, बिहीबार १०:५०


भारतीय अभिनेत्री प्रिटी जिंटा अमेरिकी बुहारी बन्ने भएकी छन् ।
अमेरिकाका गुडइनफसँग झण्डै १ वर्षदेखि डेट गर्दै आएकी अभिनेत्री प्रिटी जिंटाले २०१६ को जनवरीमा लगनगाँठो  कस्ने सुत्रले बताएको छ ।
उता प्रीटीको नजिकको सुत्रले भने गुडइनफ उनका राम्रो साथी मात्रै भएको  जनाएको छ ।  प्रीटीका भाइ अमेरिकामै रहेकाले उनी अमेरिका आउने जाने गरेको हुनाले यस्ता कुरा जोडिएको पनि बताइएको छ ।
फाइनन्सियल एनलाइटिस्टका रुपमा कार्यरत रहेका गुडइनफ प्रिटी भन्दा १० वर्षले कान्छा हुन । प्रिटी अहिले ४० वर्ष पुगिसकेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१