काठमाडौँ ,१० मङ्सिर । मधेसमा जारी आन्दोलनले तराईका जिल्लाहरूमा न्याय सेवा प्रभावित भएको न्यायाधीशहरूले जनाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
सर्वाेच्च अदालतका न्यायाधीश र पुनरावेदनका मुख्य न्यायाधीशहरूको न्यायालयको प्रथम चौमासिक अवधिको कार्य समीक्षा बैठकमा तराई क्षेत्रका न्यायाधीशहरूले आन्दोलनका कारण अदालत प्रभावित भएको बताएका हुन् ।
‘आन्दोलनका कारण मुद्दाहरूको फस्र्यौट र नयाँ मुद्दा दर्ता प्रक्रियामा प्रभावित भएको देखियो,’ सर्वाेच्चका प्रवक्ता नहकुल सुवेदीले भने, ‘अन्य जिल्लामा चाहिँ न्याय प्रक्रिया सामान्य अवस्थामै अघि बढिरहेको छ ।’
यसैबीच सर्वाेच्च अदालतले नयाँ संविधानलाई व्यावहारिक रूपमा अघि बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया