१० वर्ष कान्छासँग बिहेको तयारीमा प्रीति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ मंसिर २०७२, बुधबार १३:५६

sdsएक समयकी चर्चित हिरोइन प्रीति जिन्टा अचेल बलिउडमा गुमनाम छिन् । उनको फिल्मी करिअरमा पूर्णविराम लागिसकेको छ । बलिउडमा उनको कुनै काम छैन । त्यसकारण उनी अब घरजम गर्ने सोचमा पुगेकी छिन् ।

पूर्वप्रेमीसँगको विवादका कारण केहीअघि मिडियामा छाएकी उनले अमेरिकी ब्वायफ्रेन्ड जिनसँग सन् २०१६ को जनवरीमा बिहे गर्न लागेको दाबी भारतीय समाचार एजेन्सीले गरेका छन् ।

जिन प्रीतिभन्दा १० वर्ष कान्छा छन् । प्रीति भने जिन आफ्नो नजिकको साथी मात्र भएको बताउने गर्छिन् । तर, उनका निकटवर्तीले भने प्रीतिले परिवारका सदस्यबीच जिनसँग बिहे गर्ने तयारीमा रहेको जिकिर गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१