‘आगो तापेर बसिरहेका बेला भारतीयले एक्कासी गोली बर्साए’ – घाइतेको बयान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ मंसिर २०७२, बुधबार १३:४०

काठमाडौं,  ९ मङ्सिर । सुनसरीको हरिपुर– ७, भण्टावारीमा भारतीय सीमा सुरक्षा बल९एसएसबी०का जवानले गोली चलाउँदा घाइते भएकाले आफुहरु निर्दोष भएको बताएका छन्। बिहान करिब ६ बजे घरअघि आगो तापेर बसिरहँदा एक्कासी एसएसबीका जवान आएर गोली बर्साएको घाइतेहरुको भनाइ छ।

दाहिने खुट्टामा गोलीको छर्रा लागेर सामान्य घाइते ३० वर्षीय सरोज यादवका अनुसार ४ जना छिमेकीहरु उनको घरअघि बिहानै आगो तापेर बसिरहेका थिए । त्यसैबेला ६ जना एसएसबीका जवानहरु कसैलाई खेदाउदै त्यहाँ आइपुगेका थिए । एसएसबीले ‘मल वाला खै’ भनेर सोध्दा उनीहरुले थाह नभएको जवाफ दिएका थिए ।

एसएसबी घरभित्र पसेर खानतलासी गर्न थालेपछि तनाव भयो । ‘मल ल्याएर आउने को थियो, हामीले देखेनो। थाह छैन भन्दा एसएसबीले कुट्न खोजे । हामी पनि झोक्कीयौं, एकैचोटी ४ जनाले फयर गरेु,सरोजले भने । घाइतेहरुका अनुसार घटनास्थल सीमा क्षेत्र भण्टाबारी भन्दा करिब ५ सय मिटर पूर्वतर्फ नेपाली भूमीमा भएको हो।

एसएसबीले फायरिङ खोलेपछि सरोजको दाहिने खुट्टामा सामान्य चोट लाग्यो । तर, उनका भाई १८ वर्षीय नरेशको दाहिने कम्मरमा गोली लाग्यो भने अर्का छिमेकी २८ वर्षीय अशोक यादवको दाहिने कोखामा गोलीले छेड्यो । उनको अवस्था चिन्ताजनक छ । अर्का, छिमेकी मनोज यादवका खुट्टामा सामान्य गोली लाग्यो ।

घाइते मनोज बाहेक तीन जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । कोखामा गोली लागेका अशोकको रक्तस्राव रोकिएको छैन र उनको आकस्मिक शल्यक्रिया गरेर रक्तस्राव रोकेर जीवन बचाउने प्रयास भइरहेको एक चिकित्सकले जानकारी दिए । अशोक कामेश्वर यादवका एक्ला छोरा हुन्।

नागरिक न्युजबाट

प्रतिक्रिया