गालाको रंग हेरेर थाहा पाउनुहोस् मान्छेको चरित्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ मंसिर २०७२, बुधबार ०७:३५

गलाएजेन्सी । शास्त्रहरुमा जनाइए अनुसार शरीरको विभिन्न अंगका आकारले पनि मानिसको भाग्य निर्धारण हुन्छ । हस्तरेखा, र मानिसको अनुहारले पनि कयौं आकृति बताउन सक्छ । यो विषय निकै गौण र ब्यापक रहेको छ ।

१। शास्त्रका अनुसार मानिसको चेहरा तथा गाला अनुसार पनि उसको व्यक्तित्व निर्भर गर्छ । खासगरी जुन व्यक्तिको सहि जन्मतीथि तथा कुन्डली उपलब्ध छैन उसको बारेमा पनि शास्त्रहरुले विभिन्न तरिकाबाट थाहा पाउन सकिन्छ ।

२। गालाको रंग प्राय व्यक्तिको वंश, देश, जलबायु र स्वास्थ्यमा निरभर हुनेगर्छ । ज्योतिष शास्त्रका अनुसार जुन व्यक्तिको गालाको रंग आंशिक गोरो वा फिक्का छ भने उ प्राय उदास र अश्वस्त रहने गर्छ । नयाँ काममा उसको रुची कम हुने गर्छ । यस्ता व्यक्ति एकान्त प्रमी हुन्छन् । यस्ता व्यक्ति कसै योग्य व्यक्तिको मार्गदर्शनबाट सफल हुनसक्छन् ।

३। जुन व्यक्तिको गालाको रंग गुलाबी छ उ प्रकृति प्रेमी र धैर्यवान हुन्छ । जीवनमा हरेक काम राम्रोसँग गर्न यस्तो व्यक्तिलाई मनपर्छ । यस्ता व्यक्तिले हतारमा कुनै निर्णय लिदैनन् । कयौं समयमा यस्तो व्यक्तिमा अहंकारको प्रवृति पनि पाइन्छ । जसका कारण यस्तो व्यक्ति दोस्रो भन्दा महान ठान्ने गर्छ ।

४। जुन व्यक्तिको गालाको रंग पहेँलो छ । उसको विशेषता गोरो गाला भएको व्यक्तिसँग मिल्छ । यस्तो व्यक्तिसँग भविष्यलाई लिएर कयौं आशंका पनि हुनेगर्छ । यसका कारण यी व्यक्ति जोखिम लिन चहाँदैनन् । नयाँ विचारमा काम गर्न यस्तो व्यक्ति हिच्कीचाउने गर्छ । । यस्तो व्यक्ति कसैको नियन्त्रणमा रहेर काम गर्न आफूलाई ज्यादै सुरक्षित महशुष गर्छन् ।

५। जुन व्यक्तिको गाला सुख्खा, रुखो छ उसको लागि यो कुनै रोगको संकेत पनि हुनसक्छ । यस्ता व्यक्ति प्राय निराशावादी, भावुक र केही क्रोधि हुन्छ । यस्तो व्यक्तिलाई अन्य व्यक्तिसँग मिलेर हिँड्न कठिन लाग्छ । आफ्नो रुची अनुसार जीवन जिउन चहान्छन् । दोस्रो दोस्रो व्यक्ति प्रति सहजै भरोसा गर्दैनन् । कुनै समय पिन्चे स्वभावको पनि हुनेगर्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१