छोरीले दिइन् बाबुलाई दागबत्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ मंसिर २०७२, मंगलवार १२:०९

तनहुँ। हिन्दूहरूको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने प्रचलन रहेको पाइन्छ।

dagbatti

बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ। तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ।

त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेकी छिन् ब्यासनगरपालिका वडा नं १ निवासी ४७ वर्षकी सीता शाही। उनका पिता डिलबहादुरको ७९ वर्षको उमेरमा सोमबार मृत्यु भएपछि सेतीमादी नदीस्थित डमौलघाटमा गएर छोरी सीताले दागबत्ती दिएकी हुन्।

छोरी पनि छोरा समान हुन् छोरी सिताले भनिन्,’बाबुआमाले हुर्काए बढाए, पढाए, विवाह दान गरे भने हामी छोरीले छोराको भूमिका किन निर्वाह नगर्ने” उनको प्रश्न थियो। तर सीता जेठी छोरी र अविवाहित पनि हुन् ।

समाजमा हुने विकृति विसङ्तिलाई उजागर गर्न र छोरी पनि छोराभन्दा कमी छैनन् भन्ने उद्देश्यले पनि बाबुलाई दागबत्ती दिएर छोरी सीता काजकिरियामा बसेकी छिन्।

मुटुसम्बन्धी रोगले ग्रसित बाबुको मृत्यु भएपछि हिन्दू संस्कारअनुसार छोरी सीताले १३ दिनसम्म किरियामा बस्ने अठोट गरेको स्थानीयवासी अशोक गोशलीले बताए। रासस

प्रतिक्रिया