प्रविण टिबडेवाल/रौतहट ८ मसिंर ।
मधेश आन्दोलनले एकसय दिन पुरा गरेको तथा राज्यले मधेश आन्दोलनलाई बेवास्ता गरेको भन्दै संघिय समावेशी गठबन्धन रौतहटले सोमबार सदरमुकाम गौरमा विशाल मसाल जुलुस प्रदर्शन गरेका छन् ।
गठबन्धनमा आवद्ध चारवटा पार्टिका संयोजकहरुको नेतृत्वमा सोमबार सांझ निकालिएको उक्त जुलुस सरकार विरुद्ध चर्काे नाराबाजि गर्दै नगर परिक्रमा गरेको थियो ।
नव निर्मित गठबन्धन लगायत स्वतन्त्र मधेशी युवा संघ सहभागि सो जुलुस गौरको मधेशक्रान्ति चोकबाट हजारौको संख्यामा नगर परिक्रमा गर्दै सिमानाकाको धर्ना स्थलमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा गठबन्धन आवद्ध तमरा अभियानका जिल्ला संयोजक रबि यादव, नेपाल सदभावना पार्टिका जिल्ला अध्यक्ष शम्भु गिरी, रामसपाका जिल्ला अध्यक्ष रामप्रवेश दास, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष तथा स्वतन्त्र मधेशी युवा संघका अध्यक्ष मुन्ना यादव, सन्तोष यादव, सुधिर श्रीवास्तव लगायत हजारौको सहभागिता रहेको थियो ।
त्यस्तै आन्दोलनले सय दिन पुरा गरेको भन्दै सरकार विरुद्ध गौरको विभिन्न ठाँउमा आज दिनभरी प्रर्दशन भएको छ ।
प्रतिक्रिया