साकिराको सेक्स भिडियो हल्लामात्रै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार ११:०७

dsdकाठमाडौं । गायिका साकिरा र फुटबलर जेरार्ड पिकेविचको सेक्स टेपको विषय अफवाह मात्रै रहेको जेरार्ड पिकेले बताएका छन् । यी जोडीको सेक्स टेप देखाएर आफ्नै पूर्व कर्मचारीले ब्ल्याकमेल गरेको समाचार डियारियो भास्कोमा प्रकाशित भएको थियो ।

पिकेले बार्सीलोनाबाट १ लाख ३० हजार पाउन्ड प्रतिसाता कमाउँदै आएका छन् । उनलाई यसअघि आफ्नै पूर्व कामदारले धम्क्याउँदै मोटो रकम नदिए साकिरा र उनीबीचको सेक्स टेप सार्वजनिक गर्ने समाचारमा उल्लेख थियो । तर पिकेका प्रवक्ताले यस समाचार भ्रामक भएको बताएका छन् ।

रियाल म्याड्रिडका स्टार फुटबलर करिम बेन्जामा आफ्नै साथि माथियू भाल्वूयनालाई सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएको अभियोगमा पक्राउ परेको दुई साताभित्रै पिकेको यस्तो समाचार बाहिर भएको हो । बेञ्जामा यसअघि पेरिसमा पक्राउ परको थिए । यद्यपी फ्रान्सेली स्टार बेन्जामाका वकिलले यस विषयमा बेन्जामा दोषी नरहेको बताउँदै आएका छन् ।
पिेक र साकिराबीचको प्रेम सन् २०१० देखी सुरु भएको थियो । अहिले २८ वर्षका पिके त्यतिबेला स्पेनका तर्फबाट विश्वकपमा सहभागि थिए । साकिराले उक्त विश्वकपमा वाका वाका नामक थिम गीत गाएकी थिइन् ।
यो जोडीका दुई छोरा समेत छन् । बार्सीलोनाको युथ टिमबाट खेलेपछि पिके सन् २००४ मा म्यानचेस्टर युनाइटेड पुगेका थिए । चार वर्ष युनाइटेडमा बिताएपछि उनी सन् २००८ मा बार्सीलोना फर्किए । उनले अहिलेसम्म बार्सीलोनाबाट ५ वटा स्पेनिस ला लिगा, तीनवटा च्याम्पियन्स लिग जितिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१