काठमाडौं । संसारमा त्यस्ता मानवनिर्मित बस्तुहरु छन्, जसलाई आज हामी आश्चार्यका रुपमा लिन्छौं । ती मानवनिर्मित आश्चर्यहरु बनाउने राजा महाराजाले बनाएको भनि हामी पढ्छौं । तर ती मजदुर जसले आफ्नो जीन्दगीभरको पसिना बगाए, उनीहरुको नाम कही पनि आउँदैन । विश्वका मानवनिर्मित आश्चर्य मध्ये चीनको ग्रेटवाल, इजिप्टको पिरामिड र भारतको ताजमहल बनाउन कति मजदुर सहभागी दिए ? भन्ने चित्रण गर्ने कोशिस गरेका छौं ।
अग्रेंजीमा ग्रेटवाल (Great Wall) भनिने चीनको बिशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आईपुगेको छ । ग्रेटवालको निर्माण सँगसँगै स–साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पु¥याएको विश्वास गरिन्छ ।
चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको हो । चीनका शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि बनाउन लगाएका हुन् । ५ औं शताब्दी ईसापूर्वदेखि १६ औं शताब्दीको मध्यमा बनाइएको हो । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ ।
यो बिशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । यसको विस्तार पूर्वमा शानहाइगुआनदेखि पश्चिममा लोप नुरसम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ । शत्रुको तीर र तलवारहरूको आक्रमणबाट बच्नको लागि माटो र ढुंगाको प्रयोग गरी पर्खालको निर्माण भएको थियो । आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा अभिप्रायले दश लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिए । अनुमानित छ, कि यस महान पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए ।
नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो, यसैले शासकहरूले पर्खाललाई चीनको बाँकी सीमाहरू सम्म फैलाउन शुरू गरे । यस कार्यको लागि अथक परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरूसम्म लैजानु एउटा कठिन कार्य थियो । त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजिक रहेको ढुंगाहरू र मैदानी भाग नजिक माटो र ढुंगाको पर्खालको निर्माण ग¥यो । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्को द्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ ।
इजिप्टको पिरामिड
ईजिप्टमा खगोलको अध्ययन गर्ने यन्त्रको रुपमा पिरामिड प्रयोग गरिन्थ्यो । इजिप्टको पिरामिडलाई सम्राटहरुको लास सुरक्षित राख्नका लागि बनाइएको थियो । ती स्थललाई ममी भनिन्छ । उसको लाससगै मृतकका लागि खाद्यन्न, पेय पदार्थ, वस्त्र, गहनाहरु, वाद्य यन्त्रहरु, हतियार, मृतकका प्रिय जनावरहरु पनि साथै गाडिदिन्थे । विकिपीडियामा उल्लेख भएको जानकारीअनुसार सम्राटको लाससँगै दासदासीहरुलाई पनि मारेर सगैं पुरिदिन्थे ।
प्रत्येक एउटा ढुङ्गा लगभग २ सय ३० टनको रहेको छ । यो बनाउन करिब २३ वर्ष लागेको थियो । पिरामिड कुनै आधुनिक औजारको प्रयोगबिना नै निर्माण गरिएको थियो । निर्माण यति मेहनतपूर्वक गरिएको थियो की ढुङ्गा जोडिएको ठाउँहरुमा ब्लेडसम्म पनि घुसाउन सकिदैन । वैज्ञानिकहरु यसको रहस्य पत्ता लगाउन कोशिस आजसम्म पनि गरिरहेका छन् ।
ताजमहल
भारतको आगरामा अवस्थित ताजमहल १६३२(१६५३ बनेको हो । ताजमहल सिङ्गमर्मरले बनेको एउटा समाधिस्थल हो । मुगल वास्तु शैलीमा बनाइएको यस ताजमहलका प्रमुख वास्तुकार उस्ताद अहमद लाहुरी हुन् ।
समाधिस्थलको चारैतर्फ चारवटा धरहराहरु छन् । मुख्य कक्षमा मुमताज महल एवं शाहजहाँको नक्कली समाधिहरू छन् । यी धेरै अलंकृत छन, एवं यसको सक्कली तल्लो तलमा स्थित छ ।
समाधिस्थलमा सर्वोच्च शोभायमान सिङ्गमर्मरको गुम्बद छ । यसको सर्वाधिक शानदार भाग हो । यसको उचाई लगभग भवनको आधारको बराबर, ३५ मीटर छ । यो आफ्नो आकार अनुसार प्रायः प्याज आकार भनिन्छ ।
यसको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नो पत्नी मुमताज महलको सम्झनामा बनाउन लगाएका हुन् ।
ताजमहल खासमा एउटा सामान्य कलाकारले कल्पना गरेको हवाई चित्र थियो । पछि त्यसलाई मुगल सम्राटले आफ्नो श्रीमतीको नाममा बनाए । ताजमहल बनाउन भारतका बीस हजार मजदुरहरुले आफ्नो पसिना खर्चेका थिए । भारतका मजदुरहरुसँगै सिरिया र इरानबाट समेत मजदुृर र कालिगढहरु आएका थिए ।
स्रोतः विभिन्न वेवसाइटहरु
प्रतिक्रिया