अनाथालयलाई ५० हजार सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १०:५०

anathalaya photoहिमालय टाइम्स
काठमाडौं, ७ मंसिर  । राजधानी काठमाडौंमा निजी श्रोतबाट सञ्चालित एक अनाथालयलाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । जोरपाटी नारायणटारमा रहेको सोलु बाल कल्याण अनाथालय संस्थालाई कोरियामा रहेका नेपालीहरुको संस्था क्रेडिय एम्बेसी नेपाल (क्यान) ले आइतबार ५० हजार रुपैयाँ अािर्थक सहयोग गरेको हो ।
क्यानका सदस्य बालकृष्ण बान्तवाले अनाथालय सञ्चालन गर्दै आएका कामे मगरलाई उक्त रकम हस्तान्तरण गरे । क्यानले यसअघि गत बैशाख १२ को बिनाशकारी भूकम्पपीडितलाई ३ लाख आर्थिक सहयोग गरेको थियो ।
तीन दशकदेखि ट्रेकिङमा आवद्ध मगरले आफूले पढ्न नपाएको भन्दै ५ वर्षअघि अनाथालय सञ्चालनमा ल्याएका हुन् । उनले निजी खर्चमा २५ जना अनाथ बालबालिकालाई पालनपोषण र पठनपाठन गराउँदै आएका छन् ।
मासिक करिव ३ लाख रुपैयाँ अनाथालयमा खर्च हुने र आफू एक्लैको लगानी दिनदिनै असम्भव हुँदै गएको मगरले बताए । क्यानका सदस्य बान्तवाले निजी खर्चमा अनाथालय सञ्चालन निक्कै कठिन भएको भन्दै क्यानले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।
सोलुमा जन्मिएर आफूले पढ्न नपाएपछि ट्रेकिङको दौरानमा अनाथ बालबालिका भेटेपछि आफ्नो मन पग्लिएको र अनाथालय सञ्चालन सुरु गरेको मगरको भनाइ छ । अनाथालयमा रहेका बालबालिका नर्शरीदेखि कक्षा ८ सम्म अध्ययनरत छन् । तीमध्ये केहीलाई निरन्तर ‘स्पोन्सर’ गरिदिन मगरले बान्तवासँग आग्रह गरे ।

 

प्रतिक्रिया