व्ह्वाइट हाउस अगाडि बिशाल प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १०:४३

 IMG_3662कृष्ण के.सी  /अमेरिका
भारतले नेपालमा गरेको नाकाबन्धीको बिरोधमा भएको आज अमेरिकाका नेपालीहरुले बिशाल प्रदर्शन गरे। लग्भग २००० संख्याको हारा
हारीमा बिभिन्न राज्यहरुबाट आएका नेपालीहरुले नारा र प्लेकार्ड अनि ब्यानर समेत् प्रदर्शन गरे । एनआरएनए अमेरिकास का क्षेत्रीय संयोजक रोनाम लामा, आइसिसी सदस्यहरु खगेन्द्र जिसी, नबिन शेर्चनका साथमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलको नेत्रित्वमा सिङो एनआरएन अमेरिका, जनसंपर्क समिती अमेरिका, एएनए, प्रबासी मंच अमेरिका, स्थानिय संस्थाहरुका साथमा, स्वतस्फुर्त रुपमा आएका हजारौ नेपालीहरुले प्रदार्शन गरे ।
यस्ता प्रदर्शन फेशनको रुपमा चोक-चोकमा गरिरहंदा तेसको अर्थ कम या बढी होला तर केही मान्छेहरुले यो प्रदर्शनको कुनै अर्थ छैन भनेको जवाफमा पत्र्कार बिजय पौडेलको धारणा उन्को फेस्बूक स्ट्याटसमा भने यस्तो छ:  “मैले बुझे अनुसार आजको प्रदर्शन व्ह्वाइट हाउस अगाडि गर्नुको कारण अमेरिकि राष्ट्रपतीलाई भारतलाई भनेर मिलाई देउ भन्नलाई होइन, विश्व राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने व्ह्वाइट हाउस अगाडिको प्रदर्शनले भारतको त्यो अमानबिय कृयाकलापको अन्तरास्ट्रियकरण गर्न मद्घत पुग्दछ भन्ने हो ।”IMG_3661

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१