दीपकको १२ वर्षका ६ घटना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १०:२८

दीपकराज गिरीले ‘तितो सत्य’लाई चर्चित बनाए, तितो सत्यले दीपकराजलाई । दीपकराजले हास्यकला छोडेका छैनन्, तर तितो सत्य अब हास्य कार्यक्रमको भीडमा छैन । दीपकराजले आगामी साउनसम्ममा नयाा हास्यव्यंग्य कार्यक्रम ल्याउने दाबी गरेका छन् । दीपकराजका विगत १२ वर्ष खोतल्दै मुख्य ६ घटना प्रस्तुत गरेका छन् : dfd
भेटको सुरुवातमै दीपकराजले आफ्नै जीवनको निकै ‘तितो सत्य’ सुनाए । ‘त्यसो भए मसँग बस्नु पनि पर्दैन, तेरा जहान–छोराछोरी कहाँ लगेर पाल्ने हो पाल्, भन्दै बुबाले नमिठो बचन लगाउनुभयो,’ दीपकराजले त्यो दिन स्मरण गरे, ‘कि कलाकारिताको नशामा लठ्ठिन छाडेर खुरु–खुरु एमए पढ्नुपर्ने, नभए परिवारसँग छुट्टिएर बेग्लै बस्नुपर्ने दुई प्रस्ताव बुबाले राख्नुभयो । मैले दोस्रो विकल्प रोज्ने घमण्ड गरेँ । श्रीमती र साना सन्तानसहित बुबाको घरबाट बेग्लिएको घोषणा गरिदिएँ ।’
बुबाले त्यसो भनेपछि दीपकराजका जीवनमा धेरै घटना निम्तिए । यसबीचमा दीपकराजले आफ्नै कमाइले घर जोडे, गाडी चढे, चर्चित कलाकारका रूपमा स्थापित भए । कलाकारितामा लाग्दा रिसाएका बुबा पनि दीपकको प्रगति देखेर दंग परे, खासमा दीपकले बुबालाई हराइदिए । दीपकले बुबासँगकै सम्बन्धको प्रसंग खोतल्दै भने, ‘मैले कमाउन नसकेपछि बुबाकै इच्छाअनुसार पढ्न फर्किन्छु भन्ने सोचेर बुबाले कठोर कदम चाल्नुभएको थियो र म पनि गाह्रै परे बुबाको सम्पत्ति छँदै छ नि भनेर जबर्जस्ती कलाकारितामा होमिएको थिएँ ।’ तर, दीपकले कलाकारिता जीवनबाट पछाडि फर्किनुपरेन । बरु, ‘तीतो सत्य’को १२ वर्षे संघर्षले निकै उचाइ चुमे ।

सन्तोष दाइलाई ‘पिन्च’ परेछ
सन्तोष पन्तका छोरा लिंग परिवर्तन गरी छोरी बनेको तात्तातो माहोल थियो । मिडियामा खबर आइरहेको थियो । त्यति नै वेला दीपकराजले लिंग परिवर्तनबारे व्यंग्यात्मक कार्यक्रम देखाए । तितो सत्यको यो भागले सन्तोष पन्तलाई निकै छोएछ । ‘उहाँले यस्तो के कार्यक्रम देखाएको भनेर नेपाल टेलिभिजनका हाकिमसँग चित्त दुखाउनुभएछ,’ दीपकराजले हाकिमले भनेको कुरा सुनाए । तर, जुन कुनै विषयमा व्यंग्य गर्नु आफ्नो कर्तव्य ठान्छन् दीपक । ‘अरूमाथि व्यंग्य हान्ने कलाकार आफैँमाथि पर्दा किन स्वीकार्न नसक्ने रु’ दीपकले भने, ‘मैले लिंग परिवर्तन गरेर छोराछोरीमा भेदभाव नगरौँ मात्रै भनेको थिएँ, सन्तोष दाइलाई असर पार्न खोजेको थिइनँ । तर, उहाँको चित्त दुखेछ ।’

आफैंले व्यंग्य खानुपर्दा
अरूको व्यंग्यमा रमाउने, आफूमाथिको व्यंग्य सहन नसक्ने मान्छेको स्वभाव नै हो । सधैँ अरूलाई व्यंग्य हान्ने दीपकराजलाई पनि आफूमाथि लागेको व्यंग्य पचाउन गाह्रै पर्‍यो कैयौँपटक । जब तितो सत्यको पाँच सय भागको विशेष कार्यक्रममा भएभरका हास्य कलाकारले दीपकलाई दीपासँग जोडेर व्यंग्य हाने, तब दीपकलाई बस्नु न उठ्नु भयो । ‘तिमीहरूको सम्बन्ध के हो रु जनतालाई उल्लु बनाउँछौ रु जस्ता व्यंग्यात्मक प्रश्न गरे,’ दीपकले त्यो क्षण सम्झिँदै भने, ‘साँच्चै व्यंग्य पचाउन निकै गाह्रो हुने रहेछ भन्ने महसुस त्यतिखेर भयो ।’ तर, दीपकले त्यो व्यंग्यलाई बल गरेर पचाए । सबैका व्यंग्यलाई ‘हेल्दी’ रूपमा लिएको बाहिरी रूप देखाउन सफल भए ।

दीपासँग झगडा
तितो सत्यको निर्देशन सहयोगीका रूपमा दीपाले सधैँ दीपकलाई साथ दिइन् । उनीहरूबीच मनमुटाबको खबर कहिल्यै सुनिएन । बरु, निकै निकट रहेका भन्दै विभिन्न कोणबाट हल्ला चले । तर, मसँगको बसाइमा दीपकराजले दीपाश्रीसँग धेरैपटक मनमुटाब भएको खुलासा गरे । ‘प्रोफेसनल इस्यु’बाट सुरु भएको मनमुटाब ‘पर्सनल इस्यु’सम्म पुगेर झगडाको रूप लिएको र कार्यक्रम नै बन्द गर्ने घोषणा भएका दिन सम्झिए, दीपकले । ‘भोलिदेखि कार्यक्रम नगर्ने, बन्द नै गरिदिने भन्नेसम्मको निर्णयमा पुग्ने गरी तीन–चारपटक झगडा भए,’ दीपकले सुनाए, ‘तर, भोलिपल्ट बिहान म ‘सुटिङ स्पट’मा पुग्दा उनी पहिल्यै आइसकेकी हुन्थिन् ।’ आफ्नो एकोहोरो बानीले दीपा हैरान बन्ने गरेको पनि खुलाए, दीपकले । ‘एकपटक बर्थडे विस नगर्दा हंगामा भयो,’ दीपकले सम्झिए, ‘त्यो विषयले ठूलै झगडा निम्त्यायो । भोलिदेखि सम्बन्ध पनि ‘कट’, कार्यक्रम पनि ‘स्टप’ भनेर आ–आफ्ना घरतिर लागियो ।’

मोबाइलको ढ्याक खेलाए
राजा ज्ञानेन्द्रको शाहीकालमा समस्या सबैलाई थियो । व्यंग्य हान्ने कलाकारलाई समस्या नहुने कुरै भएन । त्यतिखेर निकै चर्चित ‘तितो सत्य’का प्रोड्युसर दीपकराजमाथि पनि दबाब आयो । ‘राजाले स्थानीय चुनाव घोषणा गर्दै उम्मेदवारी आह्वान गरेपछि हामीले त्यसै सन्दर्भमा कार्यक्रम बनायौँ,’ दीपकराजले स्मरण गरे, ‘उम्मेदवारी दर्ता गर्न कोही नगएको, दर्ता गर्ने अधिकारी कुर्सीमा निदाइरहेको र बाटोमा हिँडिरहेको मान्छेलाई जबर्जस्ती ल्याएर चुनाव लडिदिनुपर्‍यो भनेको व्यंग्य देखायौँ ।’ कार्यक्रम प्रसारण भएपछि हंगामा भयो ।

‘नेपाल टेलिभिजनका तत्कालीन जिएमले बोलाएर स्पष्टीकरण लिए,’ दीपकले त्यो दिन सम्झिए, ‘तिमीले कुनै इस्यु पाएनौ रु सडकमा पार्टीहरूले गरिरहेको आन्दोलनमाथि व्यंग्य हान्नुपर्दैन रु’ जिएमले व्यंग्य काटेर कार्यक्रमको नाममा हास्य मात्रै राख्न दीपकराजलाई निर्देशन दिए ।
दीपकलाई रिस उठ्नु स्वाभाविक थियो । शासकले भनेजस्तो गर्नुभन्दा कार्यक्रम नै बन्द गरिदिनु ठीक होला भन्नेतिर पनि सोचे । तर, परिस्थिति जटिल भएकाले दीपकले आफँैलाई सम्झाए । ‘निकै विचार गरेर कार्यक्रम नछोड्ने निर्णय गरेको थिएँ,’ उनी भन्छन्, ‘घुमाउरो ढंगले व्यंग्य हान्नतिर लागेँ ।’ त्यतिखेर केही समय मोबाइल प्रयोगमै पनि रोक लगाउने कुरा गरेको थियो, शाही सरकारले । ‘दुईवटा बच्चाले मोबाइलको ढ्याक खेलिरहेको देखाएर मैले शाही शासनमाथि व्यंग्य हानेँ,’ दीपक सम्झिन्छन् ।

जब ‘बेमान’ले बेइमान गरे
दीपाश्री निरौला, निर्मल ‘गैँडा’ र राजबाहेक रवि डंगोल ‘बेमान’, पुरन थापा ‘सुब्बा’लगायतले पनि दीपकलाई सुरुदेखि नै तितो सत्यमा साथ दिएका थिए । तर, बीचमा बेमानको नेतृत्वमा केही कलाकार दीपकसँग छुट्टिए । नेपाल टेलिभिजनमै बेमानलगायतले अर्को कार्यक्रम ल्याउने तयारी गरेपछि समस्या जन्मिएको दीपक स्मरण गर्छन् । ‘मैले एउटै टेलिभिजनमा एकै अनुहार दुईवटा कार्यक्रममा देखिँदा राम्रो सन्देश जाँदैन, अर्को कार्यक्रम गर्ने भए तितो सत्य छोड्नुस् भनेँ,’ दीपकले त्यो घटना सुनाए, ‘तर, केही व्यापारीको उक्साहटमा लागेर उहाँहरू जानुभयो, मलाई निकै नमज्जा लाग्यो ।’ बेमानहरू छुट्टिएपछि दुई पक्षबीच चलेको वाकयुद्ध केही समयपछि साम्य भयो । बेमानहरूको नयाँ कार्यक्रम त्यति राम्रो चल्न सकेन । केही पछि उनीहरू तितो सत्यमै फर्किए । ‘मैले साथीहरूका लागि सधँै ढोका खुला छ है भनिदिएँ,’ दीपक सम्झिन्छन्, ‘उहाँहरू तितो सत्यमै फर्किनुभयो, त्यसपछि सम्बन्ध कहिल्यै नराम्रो भएको छैन ।’

जब मोदीलाई देखाए
‘तितो सत्य’माथि शासक वर्गबाट भएको आक्रमणको अर्को घटना सम्झिँदै दीपकले सुनाए, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जोडिएको प्रसंग । ‘पहिलोपटक मोदी नेपाल आउँदा काठमाडौं मोदीमय थियो, मैले पनि त्यो हप्ता मोदीकै बारेमा ‘तितो सत्य’ तयार पारेँ,’ दीपकले भने, ‘तर, टेलिभिजन सेन्सर विभागबाट कार्यक्रम प्रसारण गर्न नसक्ने जानकारी आयो ।’ यो खबरले, दीपकको दिमाग रन्किनु स्वाभाविक नै थियो । उनले फोन गर्ने सेन्सर अधिकारीसँग तत्काल जवाफ मागे, किन प्रसारण हुँदैन ‘प्रोग्राम’ रु
त्यसपछि सेन्सर अधिकारीले प्रतिप्रश्न गरे– किन मोदी, मोदी मात्रै देखाएको रु दीपकराजले पनि आफ्नो कुरा फटाफट राख्दै गए, ‘के मोदी भूत हो रु राक्षस हो रु केटाकेटीलाई टेलिभिजनभित्रैबाट खाइदिन्छ रु’
मोदीजस्तो ‘हाइट’ भएको व्यक्तिलाई व्यंग्य हान्नु गलत भयो भन्ने निचोड सेन्सर अधिकारीले सुनाएपछि दीपकको दिमाग झन् खराब भयो । ‘के हाम्रो कार्यक्रमको हाइट छैन रु नेपाल टिभीको हाइट छैन रु हाइट भएका मान्छेलाई व्यंग्य हान्नै हुँदैन रु’ दीपकले सेन्सर अधिकारीसँग त्यस दिनको चर्काचर्की सम्झिए, ‘बरु, आपत्तिजनक लागेका कुनै ठाउँ छन् भने हटाइदिनुस्, तर कार्यक्रम नै रोक्नु प्रत्युत्पादक हुनेछ ।’ तर, ती अधिकारीले कार्यक्रम कुनै पनि हालतमा नजाने भनेपछि दीपकले फोन राखिदिए ।

राति नै फेसबुक स्टाटस लेखेर सुतेका दीपक भोलिपल्ट बिहान उठ्दा मिडियाभर मोदीका कारण ‘तितो सत्य’ रोकिएको खबर भाइरल भइसकेको थाहा पाए । दीपक भन्छन्– शासकका यस्ता आदेशका कारण पनि १२ वर्षे अवधिमा निकै चुनौती मोल्नुपर्‍यो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१