संजय पण्डित , कृतिमानी बिश्व पर्वतारोही/ धाबक –
नोभेम्बर २२ आर्थात मैले अस्ट्रेलिया महादेशको सर्बोच्च शिखर कोजियसकोमा उल्टो हिडेर आरोहण गरेको क्षण आज भन्दा ठिक एक वर्ष आगाडी मैले सिड्नी,क्यानबेरा हुदै अस्ट्रेलिया महादेशकै उच्च शिखरमा नेपाली अनि नेपालको प्रर्तिनिधित्तो गर्दै उक्त हिमाल आरोहण गर्ने निर्णय लिएको थिए |
बिश्वको सर्बोच्च शिखर सगरमाथा ,अफ्रीकाको किलिमन्जारो अनि युरोपको सर्बोच्च शिखरको आरोहणले मलाई थप अस्ट्रेलियाको शिखर आरोहणमा सजिलो हुने आशा राखेको थिए |
मैले नेपालबाट नै उल्टो आरोहण गर्ने घोषणा गरेकोले मलाई अलिक असहज अनुभब भैरहेको थियो किनकि यो भन्दा अगाडी उक्त हिमालको आरोहण कहिले नगरेको र भूगोलको अवस्था पनि थाहा नभएकोले मलाई अलिक नमजा लागिरहेको थियो |
सिड्नीबाट पेशिफिक कलेजका चिअर परसन् प्रदिप ढकाल , संचार कर्मी हेमन्त काफ्ले , पवन दाहाल ,पारस सुबेदी ,खेलाडी स्वयम्भु राज डंगोल लगाएत करिब ७ जनाको टोलि कोजिअस्को आरोहण को लागि प्रस्थान गर्यो |नोवेम्बेर २२ को बिहान ७ बजे हामीले आरोहण सुरु गर्यो |
मेरो आरोहण दलमा रहेका अन्य ५ जना सुल्टो आरोहण गर्दै आगाडी बढेका थिए भने म उल्टो | थेडबो देखि करिब ३ किलो मिटर निकै ठाडो ,मलाई लग्यो मैले बेकारमा उल्टो आरोहण गर्ने निर्णय लिएको रहेछु तर पनि मैले नेपाल अनि नेपालीलाई आरोहणको माध्यमबाट बिश्व भर चिनाउन लागेकोमा जसरी भएपनि पार गर्छु भन्ने लागेको थियो |
करिब चार किलोमिटर को थकित यात्रा पछि हामी पहिलो क्याम्पमा पुग्यौ अनि फेरी यात्रा तीब्र गतिमा अघि बढ्यो |
निरन्तर ५ घन्टाको अथक प्रयास पछि म अनि मेरो समुहले अस्ट्रेलियाकै सर्बोच्च शिखर कोजीयसकोमा सफल पाइला राखन सफल भयोऊ|
मैले यो भन्दा पहिले पनि अफ्रिकाको किलिमन्जारोमा छिटो कुदेर अनि यूरोपको एल्ब्रुसमा अर्ध नांगीएर आरोहण गरिसकेकाले मैले जसरी भएपनि यो सिखरमा अर्को कृतिमानी आरोहण गर्नु पर्ने थियो त्सैइले यो हिमालमा पनि मैले आधार सिबिर थ्रेडबो बाट अस्ट्रेलियाको सर्बोच्च सिखरमा नेपाली भादगाउँले टोपी र नेपाली राष्ट्रिय पोशाकमा उल्टो हिडेर आरोहण गर्ने बिश्व स्थरिय कृतिमान कायम राख्ने कार्यमा सहयोग गर्ने पेशिफिक कलेज , बरिस्ट कानुन ब्याबसायी डा.शम्सेर सिंह थापा ,अस्ट्रेलिया एन आर एन अस्ट्रेलिया , अस्ट्रेलियन नेपाली राजदूत रुद्र नेपाल प्रति बिसेस आभार |
उचाइको हिशाबले अन्य महादेशका हिमालभन्दा सानो भए पनि एउटा रचनात्मक कार्यले हिमाल आरोहीले आफ्नो देशको प्रतिनिधित्तो गर्दै संसार भर झन्डा फरफराउने कार्यमा अगाडी बढ्न सकिन्छ भन्ने कुरा सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई यस कार्य द्वारा हरेक कुरा सफल हुन्छ भन्ने कुरा बुजाउन पाउदा केहि भए पनि आनन्दको अनुभूति गरेको भान भएको छ |
प्रतिक्रिया