काठमाडौँ ,७ मङ्सिर । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई मन्त्रलयमा फिर्ता बोलाएको छ।सुरक्षा निकायबीच समन्वय गर्न नसकेको तथा कार्यक्षमताको अभाव देखिएको भन्दै उनलाई फिर्ता बोलाइएको गृह स्रोतले बताएको छ ।
सप्तरीमा प्रहरीसँग आइतबार भएको झडपमा एकै दिन तीन जनाको ज्यान गएपछि गृहले ठाकुरलाई फिर्ता बोलाएको हो ।
प्रतिक्रिया