यो दिशामा सिरानी गरेर कहिल्यै पनि नसुत्नुस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ मंसिर २०७२, शनिबार १८:३९

हाम्रो दिनचर्याको महत्वपूण अंग हो सुताइ । सुताइ आरामका लागि अति आवश्यक छ । मानिस मात्र होइन पशु पंछी पनि सुत्ने गर्छन् । शास्त्रमा सुत्ने पनि नियम उल्लेख गरिएको छ । यहाँ सुत्दा अपनाउनु पर्ने नियमबारे चर्चा गरिएको छ ।

sleeping_rule

सुताइको विज्ञान

हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । तर सुताइका पनि नियम छन् । सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नु पर्छ । सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नु पर्छ । सुत्नु अघि दिशा पिसाव पनि गरिसक्नु पर्छ । हात खुट्टा धोएर राम्रोसँग पुछेर मात्र सुत्नु पर्छ । सयन कक्षमा भगवानका चित्र हुनु राम्रो मानिन्छ । सूर्योदय भन्दा अघि नै उठिसक्नु पर्छ ।

उत्तर सिरानी कहिल्यै नगर्नुस्
सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ । सुत्दा जहिले पनि पूर्व वा दक्षिण पट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । यसो गर्दा रोग तथा समस्याबाट मुक्ति मिल्ने शास्त्रको दावी छ । पश्चिम पट्टि पनि सकेसम्म सिरानी गर्नु हुँदैन । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।

बायाँ कोख सुत्नुस्

रातिमा सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु राम्रो मानिन्छ । खासमा यो पनि बैज्ञानिक विचारमा आधारित छ । हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई स्वर पनि भनिन्छ । नाकको बायाँ छिद्रबाट श्वाश लिनु क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ । बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ ।

प्रतिक्रिया