शरीरमा पानी पर्नासाथ आगो लाग्ने यी युवती !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ मंसिर २०७२, शनिबार १७:४१

vvएजेन्सी । पानीलाई सधै आगो निभाउन प्रयोग गरिन्छ, तर एक १७ बर्षीय युवती जसको शरीरमा एक थोपा मात्रै पनि पानी परेमा आगो लाग्छ ।
water fire
एक अंग्रेजी वेबसाइटअनुसार नियाह सेलवे नामकी एक युवतीलाई एक यस्तो ‘एलर्जी’ अर्थात् रोग छ, जसले गर्दा उनको शरीरमा एक थोपा पानी परेमा अस्ह्य पिडा हुने गर्दछ ।
नियाहले जब उनको शरीर पानीसँग सम्पर्कमा आउँछ, उनलाई शरीर नै आगोमा जलिरहेको झैँ पिडा हुने बताउँछिन् । पानीबाट हुने यो जलन पानीद्धारा नै कम गर्न सकिन्छ, तर कहिलेसम्ममा सम्भव हुने हो भन्न नसकिने चिकित्सकहरु बताउँछन् । नियाहलाई पानीसँगको यस समस्याका कारण उनी रुन पनि सक्दिनन्, किनकि आशुले उनको अनुहारमा आगोले झैँ पोलेको महशुस हुन्छ ।
चिकित्सकहरुले नियाहको यस रोग पत्ता त लगाए तर यसको उपचार नहुने बताउँछन् । नियाहकाअनुसार उनलाई पानी पिउन भने कुनै समस्या हुँदैन । अब उनी विभिन्न औषधीहरुको प्रयोग गरेर रोगलाई जित्ने कोशिसमा लागेकी छिन् । जब उनी नुहाउछिन्, चाँडै सकाएर शरीरमा पानी सुकाउने कोशिस गर्छिन्, जसले पोल्न कम होस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१