आइएसआइएससँग माफी माग्यो फेसबुकले !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ मंसिर २०७२, शनिबार ०८:००

rastriyaएजेन्सी । यतिबेला पुरै विश्व आइएसको आतंकले त्रसित छ । गत साता पेरिस आक्रमणपछि अमेरिकलाई उडाइदिने धम्की दिएको आइएस नामसँग जोडिएको गजबको खबर अहिले सार्वजनिक भएको छ ।

पेरिस आक्रमण लगत्तै फेसबुकले आक्रमणमा मारिनेहरुको श्रद्धाञ्जली स्वरुप प्रोफाइल पिक्चर परिवर्तन गर्ने टुल्स ल्याएको थियो । त्यो कुराको कतिपयले आलोचना समेत गरेका थिए । यो बिचमा फेसबुकले आइएसआइएससँग माफी माग्यो भन्ने सुन्दा लाग्ला फेसबुकले आतंकी सगठन आइएससँगै माफी माग्यो ।

फेसबुकले माफि मागेको त हो तर आइएसआइएस नामकी एक युवती सँग । अहिले सुरक्षाको कारण देखाउँदै फेसबुकले आतंकी संगठन आइएस सँग जोडिएको विभिन्न एकाउण्टहरुलाई डिएक्टिभेट गर्ने क्रममा अमेरिकाकी सफ्टवेयर डेभलपर्स क्ष्कष्क ब्लअजबभिभ को एकाउण्ट पनि हटाइदियो ।

त्यसपछि ती युवतीले ट्वीटर मार्फत यो कुराको बिरोध जनाइन् । उनले फेसबुकलाई आफ्नो नाम नै क्ष्कष्क ब्लअजबभिभ रहेको बताउँदै पासपोर्ट पठाउँदा समेत फेसबुकले एकाउण्ट एक्टिभेट नगरिदिएको भन्दै बिरोध जनाइन् ।

त्यसपछि फेसबुकले सँग माफि माग्दै उनको एकाउण्ट एक्टिेभेट गरिदिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१