दिन दाहाडै दुर्लभ बन्यजन्तुको मासु बिक्रि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार १७:४२

75930ec0-8974-4b06-95a5-e8a495598ab9सम्राट सिंह/बझाङ ४ मंसिर ।
विकट हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरमा दिन दाहाडै दुर्लभ बन्यजन्तुको मासु बिक्री भइरहेको छ । जिल्लाका विकट गाविस सुर्मा,दौलिचौर,रिलु,काँडा ,मेलबिसौना,दाँतोला धमेना का शिकारीहरुले बन्यजन्तुको शिकार गरी सदरमुकाम चैनपुरमा मासु बिक्री गर्न थालेका हुन ।
लेकाली भेगमा पाइने दुर्लभ बन्यजन्तु डाँफे,मुनाल,कस्तुरी, झाल्लर,घोरल लगायतका बन्यजन्तुको शिकार गरी सदरमुकाम चैनपुरमा बिक्री हुँदा समेत सरोकारवालाहरुको ध्यान जान सकेको छैन । यसरी बढ्दो शिकारका कारण बझाङमा पाइने दुर्लभ बन्यजन्तु दिन प्रतिदिन लोप हुँदै गइरहेका छन ।
शिकारीहरु मासु बिक्री हुने बन्यजन्तुको मासु बिक्री गर्न सदरमुकाम सम्म आउने गरेको र मासु बिक्री नहुने बाघ,भालु जस्ता बन्यजन्तुको शिकार गरी अंग बिक्री गर्न तिब्बतको नाका हुँदै चिन सम्म जाने गरेका छन । 7dcb6069-a091-4296-b2fc-ee689a558ec1
दुर्लभ बन्यजन्तु को मासु शिकारीहरुले प्रतिकिलो १ हजार रुपियाँ देखि ३५ सय रुपिया सम्म बिक्री गर्ने गरेको सरदमुकाम चैनपुरका एक होटल व्यवसायीले बताए । उनले भने दुर्लभ बन्यजन्तुको महङगो मासु किन्ने सदरमुकाम चैनपुरका सरकारी कार्यालयका कर्मचारी,ठेकदार र केही ठूला होटल व्यवसायीहरु रहेका छन ।
दिन दाहाडै दुर्लभ बन्यजन्तुको शिकार भई सदरमुकाम चैनपुरमा मासु बिक्री हुने गरेको स्विकादै निमित्त वन अधिकृत कर्ण बहादुर खातीले भने शिकारीले लुकिछिपी मासु बिक्री बितरण गर्ने गरेका कारण शिकारीहरु पक्राउ पर्न सकेका छैनन् ।2f4a377e-0dbf-4444-ac92-fb47a8e3a161

प्रतिक्रिया