भेनेजुयलामा किन धेरै बन्छन् विश्व सुन्दरी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार १४:२३

दक्षिण अमेरिकी देश भेनेजुयला यस्तो देश हो जसले विश्वमा अहिलेसम्मकै सबैभन्दा धेरै विश्व सुन्दरी जन्माएको छ । यो देशमा ६ जना मिस वल्र्ड, ७ जना मिस युनिभर्स, ६ जना मिस इन्टरनेसनल तथा २ जना मिस अर्थ बनिसकेका छन् ।

भेनेजुयलामा यति धेरै सुन्दरी युवतीहरु हुनु खुसीकै कुरा हो । तर यो सुन्दरताको अर्को अनौठो तथा भयानक तस्वीर छ । यहाँका केटीहरुलाई निकै सानो उमेरदेखि नै विश्व सुन्दरीका लागि तयार गर्न थालिन्छ । गरीब भन्दा गरीब आमाबुवा पनि जसो तसो रकम खर्च गरेर आफ्नी छोरीमाथि विश्व सुन्दरी बन्ने दबाब थोपर्न सुरु गर्छन् ।
भेनेजुयलामा सयौँको संख्यामा सौन्दर्य एकेडेमी छन्, जसलाई अन्तराष्ट्रिय मिडिया ब्युटी फ्याक्ट्री पनि भनिन्छ । यी कारखानाहरुमा बालिकाहरुलाई सानै उमेरदेखि पठाइन्छ । बालिका तथा किशोरीहरुलाई सानै उमेरदेखि स्लिम बन्न दबाब दिइन्छ । निकै कम मात्र खानेकुरा खान दिइन्छ । कम खाउन् भनेर जिब्रोमा प्लास्टिक लगाइन्छ भने कतिपय बेला त घण्टौ सम्म भोकै राखिन्छ ।

जिउका अंग सुडौल होउन् भनेर सानै उमेरमा विभिन्न शल्यक्रिया पनि गराइन्छ । ८ वर्षको उमेर भित्रैमा हर्मोनको सुइ पनि दिइन्छ, ता की उनको उचाइ कम नहोस् । साथै केही हप्तासम्म वक्षस्थलमा कसिलो पट्टी बाँधिन्छ । नाकको आकार ठिक बनाउन अप्रेसन गरिन्छ । कमर छिनेको बनाउन पनि विभिन्न खाले सर्जरी गराइन्छ । साथै वक्षस्थल र नितम्बलाई सुन्दर बनाउनका लागि सिलिकनको झोल प्रत्यारोपण समेत गरिन्छ । यस्तो चलनलाई सरकारले पनि खुलेर सहयोग गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१