मोटोपना कैयौँपटक स्ट्रेसको कारक बन्न सक्छ । मोटोपनाकै कारण पतिपत्नीबीच सम्बन्धविच्छेद भएका समाचार पनि बारम्बार सुनिन्छन् । फिटनेस विज्ञहरू भने मोटोपना खासै ठूलो समस्या नभएको र जीवनशैलीमा सामान्य परिवर्तनले नै स्वास्थ्य तथा सुखी जीवन बाँच्न सकिने बताउँछन् । हेभी एक्सरसाइज र कठिन डाइट प्लान गरे पनि दुब्लाउनुभएको छैन भने यी चार उपाय अपनाउनुहोस्स्
मर्निङवाकमा एक्लै
शरीरको तौल सन्तुलित बनाउने हो भने एक्लै मर्निङवाकमा निस्कनुपर्ने विज्ञहरू सल्लाह दिन्छन् । साथीहरूसँग जाँदा गफगाफमा बढी समय दिइने उनीहरूको तर्क छ ।
सुत्नुभन्दा चार घन्टाअघि डिनर
सुत्नुभन्दा एक–डेढ घन्टाअघि डिनर लिने हाम्रो चलन छ । तर, तौल घटाउन चाहनेहरूलाई फिटनेस विज्ञहरू चार घन्टाअगाडि नै डिनर लिन सल्लाह दिन्छन् । ब्रेकफास्ट लिएको १२ घन्टापछि डिनर लिए झन् राम्रो ।
खानामा अमिलो
खानामा कागती, मौसमजस्ता अमिलो फलहरू पनि लिने गर्नुहोस् । यस्ता फलफूल खाँदा पाचन प्रक्रिया राम्रो हुने फिटनेस विज्ञहरू बताउँछन् । यसले शरीरको बोसो पगाल्छ र तौल पनि घटाउँछ ।
खुला भााडामा भात
दुब्लाउन मन हुँदाहुँदै पनि भात खान मन लाग्छ भने खुला भाँडामा पकाएर खानुस् । यसो गर्दा खानाको क्यालोरी घट्छ र मोटोपना घटाउन सहयोग गर्छ । खाना बनाउँदा पानी धेरै प्रयोग गर्न पनि विज्ञहरू सल्लाह दिन्छन् ।नयाँपत्रिकाबाट
प्रतिक्रिया