जाडो मौसममा बालबालिकाको हेरचाह यसरी गरौं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार १३:१२

fsdfsdfजाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस, चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले बालबालिकालाई एकदम छिटो असर गर्दछ । तसर्थ निम्न कुराहरुमा ध्यान दिऔंः

  • १. सकभर सफा तथा न्यानो कपडा लगाइदिने । कान, नाक, तालु, घांटी र छातिमा अझ न्यानो कपडा लगाइदिने ।
  • २. घाम लागेको समयमा घाममा राख्ने ।
  • ३. घाम नलागेको समयमा न्यानो बिस्तारा वा आगो र हिटर आदि भएको ठाउँ नजिक राख्ने ।
  • ४. बाहिर कोइला रातो हुनेगरी बालेपछि बच्चालाई सेकाउने, तेल घस्ने अनि सुत्ने बेलामा कोइला बाहिर राख्ने ।
  • ५. हावा छिर्नको लागि अलिकति झ्याल खुला राख्ने ।
  • ६. नवजात शिशुलाई कंगारुले आफ्नो बच्चालाई छातीमा टाँसे जस्तै टाँसेर सुताउने ।
  • ७. पटकपटक दुध, मनतातो पानी तथा झोलिलो खाने कुरा खुवाइरहने ।
  • ८. रुघाखोकी लागेमा बेसार, ज्वानो, अदुवा, तुलसीको पात तथा कागतीको रस राखेर पानीमा पकाएर खुवाइरहने ।
  • ९. छाती, घांटी. निधार, तालु तथा अन्य शरीरमा तेलमा थोरै भिक्स मिसाएर मालिस गर्ने ।
  • १०. चिसो हावा, चिसो खानेकुरा खान नदिने ।
  • ११. शरीरको तापक्रम सन्तुलन गर्न दुध, गेडागुडीको रस, दाल, मासुको रस, तातो पानी तथा अन्य पौष्टिक आहार खुवाउने ।
  • १२. ज्वरो, रुघा, खोकी लागेमा सामान्य सिटामोलको झोल खुवाउने । मौसमी रुघाखोकीमा एन्टिबायोटिकको जरुरी हुँदैन ।
  • १३. ज्वरो आएकोबेला मनतातो पानीपट्टी लगाउने । चिसो पानीको पट्टी नलगाउने, यसले एक्कासी शरीरको तापक्रम घटाएर झन् खतरा हुनसक्छ ।
  • १४. तीन दिनसम्म ज्वरो नियन्त्रण नभए, लगातार खोकी लागे, सास फेर्न गाह्रो भएमा तुरुन्त आफ्नो चिकित्सकसंग स्वास्थ्य परीक्षण गराउने ।
  • १५. कोखा हानेमा, ओँठ तथा औंला निलो भएमा, एकोहोरो घ्यारघ्यार भएमा, शरीर चिसो भएमा तुरुन्त नजिकको अस्पतालको आकस्मिक कक्षमा पुर्याउने ।

जनस्वास्थ्य बिशेषज्ञ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१