मधेसी सोसायटी अफ लण्डनले शहिद कल्वार र मियाँका परिवारलाई आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार १२:३६

bara-1बीरगंज, ४  मंसिर।
जारि मधेस आन्दोलनको क्रममा शहिद भएकाहरुलाई मधेसी सोसायटी अफ लण्डनले आर्थिक सहयोग गरेको छ । नेपाल प्रतिनिधि अशोक कुमार साहको नेतृत्वमा शहिद सोहन साह कल्वारको घरमा गएको टोलीमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य बच्चा यादव, पर्सा जिल्ला सचिव नागेन्द्र यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, सहयोगीहरु उत्तम दादा, जितेन्द्र साह, विश्वनाथ प्रसाद सहितको टोलीले शहिद कल्वारका आमा सुबिरा देवी र श्रीमति विनिता देवीलाई नगद रु ४१ हजार रुपैया सहयोग गरेको थियो । जारी मधेस आन्दोलनको क्रममा भदौ १५ गते बीरगंज उपमहानगरपालिका नगवामा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
यसैगरि मधेसी सोसायटी अफ लण्डनको प्रतिनिधि अशोक कुमार साह नेतृत्वको टोलीले आज नै जारी मधेस आन्दोलनको क्रममा शहिद भएका बारा कलैया रंगपुर निवासी हिफाजत मियाको परिवारलाई आर्थिक सहयोग गरेको छ । कलैया गएको टोलीमा संघीय समाजवादी फोरम नेपाल केन्द्रिय सदस्य एव पुर्व सभासद प्रमोद गुप्ता, केन्द्रिय सदस्य द्धय चुम्बन बाबु केवत, बच्चा यादव, बारा जिल्ला अध्यक्ष रामबाबु यादव, पर्सा जिल्ला सचिव नागेन्द्र यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, तराइ मधेस राष्ट्रिय अभियान बाराका अध्यक्ष शिवनाथ पटेल सहयोगीहरु उत्तम दादा, जितेन्द्र साह, विश्वनाथ प्रसाद सहितको टोलीले शहिद हिफाजत मियाँका आमा विगन नेसा र श्रीमति सबिना नेसालाई नगद रु ४१ हजार सहयोग गरेको थियो ।
यसैगरि उक्त संस्थाले जारी मधेस आन्दोलनको क्रममा रौतहटमा शहिद भएका राजकिशोर ठाकुरको परिवारलाई समेत सहयोग गर्नुको साथै मधेसका शहिद भएका जिल्लामा एक परिवारलाई जनही रु. ४१ हजारको दरले सहयोग गरिने नेपाल प्रतिनिधि अशोक कुमार साहले बताए । सो कार्यका लागि मधेसी सोसायटी लण्डनका अध्यक्ष डा सुनिल साहले सक्रिय भुमिका निर्वाह गरेका हुन ।

प्रतिक्रिया