यमनको द्वन्द्वमा दशको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार १२:१८

ssfsfआदेन । यमनमा सरकार समर्थक बल र विद्रोहीबीच ताइज प्रान्तमा बिहीबार जारी द्वन्द्वमा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको समाचार छ । सैनिक स्रोतले सो जानकारी दिएको छ ।

ताइज प्रान्तको रहिदा सहरमा भएको सो झडपमा परी आठ विद्रोही र दुई सरकार समर्थकको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

यमनको तेस्रो ठूलो सहर ताइजबाट ४० किलोमिटर उत्तरमा पर्ने यस इलाकामा सरकारी सुरक्षाबलले विद्रोहीको विरुद्ध केही महिना यता घेरा लगाएका छन् ।

सरकार समर्थकबलले साउदी अरेबियासँग आवद्ध संयुक्त सैनिक गठबन्धनलाई सहयोग गर्दै आएको छ ।

गत मार्चबाट यमनका राष्ट्रपति अबेद्रारब्बो मन्सुउर हादीको अनुरोधमा साउदी अरेबियाको आवद्ध युद्दक विमानले हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गर्दै आएको छ ।

रहिदामा गएको राति विद्रोहीको अखडा लक्षित कम्तीमा १० वटा हवाई आक्रमण भएको सैनिक स्रोतले जानकारी दिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१