स्मार्टफोन किन्दै हुनुहुन्छ रु यी कुरामा ध्यान दिनुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार ११:१५

swwआजकल नेपाली बजारमा थुप्रै नयाँ स्मार्टफोनहरु आइरहेका छन् । दिनदिनै नयाँ फिचर्ससहितका मोबाइलहरुले ग्राहकलाई लोभ्याइरहेको छ । आजभोली यति धेरै ब्राण्डका मोबाइल फोनहरु आइरहेको छ, मानिसहरु कुन मोबाइल किनौं भन्ने दुविधामा पर्न थालेका छन् । यदी तपाई नयाँ फोन किन्ने योजनामा हुनुहुन्छ तर अलमलमा हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस् ।

धयmबलबलनचथउजयलभडिस्प्ले साइज र क्वालिटी चेक गर्नुहोस्
यदी तपाई नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ भने आफ्नो सुविधाको हिसाबले स्क्रिन साइज कस्तो लिने तय गर्नुहोस् । आजकल ठूलो साइजको स्क्रिन भएको फोन किन्ने होडवाजी छ । तर कहिलेकाँही ठूलो साइजको फोन किन्दा पछि त्यसलाई चलाउन दिक्का लाग्दो पनि हुनसक्छ । कहिलेकाँही मानिसहरु ठूलो साइजको फोन किन्न खोज्दा खराब डिस्प्ले भएको फोन रोज्न पुग्छन् । डिस्प्ले क्वालिटी रेजोल्युशनसँग निर्भर हुन्छ । जति धेरै रेजोल्युशन हुन्छ त्यति नै डिस्प्ले क्वालिटी पनि राम्रो हुन्छ ।

अपरेटिंग सिस्टम
बजारमा तीन ठूला अपरेटिंग सिस्टम पाइन्छन् । एन्डोइड, आईओएस र विन्डोज । यसबाहेक पनि अन्य थुप्रै सफ्टवेयर भएका स्मार्टफोन बजारमा उपलब्ध छन् । तर कुनै पनि मोबाइल खरिद गर्नुअघि त्यस सफ्टवेयरको भर्सनका विषयमा भने जानकार हुन आवश्यक छ । जति सक्दो नयाँ अपरेटिङ भएको मोबाइल किन्नु राम्रो हुन्छ ।

प्रोसेसर र र्याम
फोन किन्दा अर्को ध्यान दिनुपर्ने कुरा त्यसको प्रोसेसर र र्याम हो । प्रोसेसर र र्याम जति धेरै भयो स्मार्टफोन त्यति नै द्रुत गतिमा चल्छ । ह्याङ हुने समस्या हुँदैन ।

मेमोरी
नयाँ मोबाइल किन्दै हुनुहुन्छ भने फोनको मेमोरीमा ध्यान दिनुहोस् । थुप्रै स्मार्टफोन १६ जिबी या ३२ जिबिको इन्टरनल मेमोरीवाला हुन्छन् र त्यसमा मेमोरी कार्ड स्लाँट हुदैँन । मेमोरी धेरै भयो भने धेरै कुरा फोनमा अटाउन सजिलो हुन्छ । अझ जति इन्टरनल मेमोरी कम भयो त्यति धेरै फोन चलाउँदा अड्कने समस्या देखिन्छ । यस्तो परिस्थितमा सही मेमोरी चुन्नु जरुरी छ ।

क्यामेरा
क्यामेराको गुणस्तर तपाईले स्मार्टफोन खरिद गर्दा ध्यान दिनुपर्ने अर्को कुरा हो ।

कनेक्टिविटि

सिम जिएसएम होस् वा सिडिएमए, थ्रीजी सर्पोट गरोस् वा फोरजी फिचर्समा ध्यान दिनु जरुरी छ । कतिपटक कतिपटक दुईवटा सिम लाग्ने फोनमा पनि एउटा स्लााँटमा ३जी र अर्को सिम २ जीको हुन्छ । त्यसैले मोबाइल लिनुअघि यस्ता कुरामा ध्यान दिन जरुरी छ ।

ब्याट्री

स्माटफोनमा साधारण फोनको तुलनामा धेरै ब्याट्री चाहिन्छ । यदी तपाई धेरै मोबाइल चलाउनुहुन्छ भने रिमूवेबल ब्याट्री भएको फोन किन्नुहोस् । यस्तो फोन किन्दा चाहेको बेला सजिलै ब्याट्री फेर्न सकिन्छ । यसबाहेक २८०० एमएएच पावरभन्दा धेरैको ब्याट्री किन्नु सुविधाजनक हुन्छ, यस्तो ब्याट्रीले कमसेकम ७ घण्टा चार्ज दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१