जवानीमा थुप्रैसँग टाइम पास गरियो-कंगना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार ०७:४७

kanfaसफलतासँग बलिउड अभिनेत्री कंगना रनोटले मित्रता गाँसिसकेकी छिन्। एकपछि अर्को सफलता हात पार्दै छिन्। फिल्म ‘क्विन’, ‘तनु वेड्स मनु रिटर्न्स’ र ‘कट्टी–बट्टी’बाट उनले प्रशस्तै चर्चा बटुलेकी छिन्। सफलतापछि उनले आफ्नो भाउ ९प्राइस मनी० बढाएको कुरा चर्चामा आयो। एक भारतीय मिडियाले उनको सफलता, ‘प्राइस मनी’ र बिहेबारे गरेको कुराकानीः

सफलतापछि तपाईंले आफ्नो ‘प्राइस मनी’ बढाएको कुरा सत्य होरु
‘प्राइस’ बढ्नु एउटा कलाकारका लागि सफलताको परिचायक हो। मलाई लाग्छ– मैले सफल भएर पनि प्राइस बढाइनँ भने मैले समाजसेवामा लागे हुन्छ। यो कुरा स्वीकार गर्दा मलाई कुनै संकोच लाग्दैन कि मैले आफ्नो ‘प्राइस मनी’ बढाएकी छु। त्यस प्राइसमा मैले काम पनि पाइरहेकी छु। म फिल्ममा आफ्नो भूमिकाका लागि खूब मेहनत गर्छु। त्यसमा आफ्नो समय दिन्छु। फिल्म ‘कट्टी–बट्टी’का लागि हामीले एक महिनासम्म वर्कसप गरेका थियौँ। त्यसपछि रिहर्सल। म एक समयमा एउटै काम गर्छु। र, मनदेखि काम गर्छु। त्यसपछि मेरा फिल्मका प्रतिक्रिया आउँछन्। मलाई लाग्छ– मेरो मेहनत र कामको दाँजोमा मेरो पारिश्रमिक धेरै हुनुपर्छ। मेरो खुबीअनुसार भाउ त बढ्ने नै भयो नि।

सफलतापछि तपाईंको दिमाग खराब भइसकेको भनेर मान्छेहरू भन्न थालेका छन् निरु
म माथि आउँदा र सफल हुँदा केही मान्छे तल झर्छन्। उनीहरू यो कुरामा दुःखी छन् कि उनीहरूसँग काम छैन। उनीहरूको ‘पीआर’ दिनभरि यसै काममा हुन्छ कि मविरुद्ध नकारात्मक कुरा चलाइयोस्। तर, म यी कुरामा ध्यान दिन्नँ। म त्यस्ता कुरा पढ्दा पनि पढ्दिनँ। आफ्ना प्रशंसकलाई यस्ता कुरालाई सत्य नठान्न अनुरोध गर्छु।

फिल्म ‘क्विन’मा प्रेमको कुरा, ‘तनु वेड्स मनु रिटर्न्स’मा बिहेको मुद्दा र ‘कट्टी–बट्टी’मा ‘लिभ इन रिलेसनसिप’का कुरा छन्। लिभ इन रिलेसनसिपलाई तपाईं कसरी हेर्नुहुन्छरु
यो फिल्म लिभ इन रिलेसनसिपमा मात्र आधारित छैन। यो यस्ता दुईजनाको कथा हो, जसले कुनै बेला एकअर्कालाई माया गर्थे तर टाढिइसकेका छन्। केटा केटीलाई खोज्ने प्रक्रियामा छ। लिभ इन रिलेसनसिपको कुरा गर्दा यो तपाईंको व्यक्तिगत कुरा हो। तपाईं कसलाई छान्नुहुन्छ, कसलाई छान्नुहुन्न, यो तपाईंको व्यक्तिगत प्राथमिकता, भावना र इच्छामा निर्भर गर्छ।

यस फिल्मका अभिनेता इमरान खानका पछिल्ला फिल्म असफल रहेका छन्। एउटा फ्लप हिरोसँग काम गर्दा अप्ठ्यारो लागेन तपाईंलाईरु
मैले चिजहरूलाई यसरी हेरेको छैन। म यति ‘क्यालकुलेटिभ’ छैन। मैले संघर्ष गर्दाताका धेरै मानिसले मसँग काम गर्न अस्वीकार गरेका थिए। मेरा फिल्म नचल्दा मान्छेले मलाई वास्ता गर्नै छोडे। त्यतिखेर मैले प्रतिज्ञा गरेँ– जीवनमा सफलता हासिल गरेपछि मैले यस कुराबाट कहिल्यै कसैलाई जज गर्ने छैन कि उसको पुरानो फिल्म फ्लप थियो। म हिट हिरोको पछि लाग्दिनँ।

फिल्म ‘कट्टी–बट्टी’मा इमरानसँग काम गर्दाको अनुभव कस्तो रह्योरु
इमरान धेरै सोझो छ। मैले अहिलेसम्म धेरै अभिनेतासँग काम गरिसकेकी छु। तर, इमरान सबैभन्दा सोझा लागे। उनी धेरै शान्त स्वभावका छन्। उनी कामसित मतलब राख्छन्। उनी बुबा बनिसकेका छन्। त्यसैले सेटमा पनि उनी छोरीबारे कुरा गर्न रुचाउँछन्। उनीसँग काम गर्दा निकै रमाइलो लाग्यो।

करिअरका हिसाबले त तपाईंको जीवन ‘सेट’ छ। व्यक्तिगत जीवनमा कहिले सेट हुने सोच छरु
म २८ वर्षकी भएँ। बिहे होस् र मेरो परिवार होस् भन्ने चाहना मेरो पनि छ। तर, यस्ता कुरा हामीले भनेर हुँदैन। मलाई मन पराउनेको कमी छैन। धेरैले मलाई प्रपोज पनि गर्छन्। तर, म आफूलाई मानसिक, बौद्धिक र आध्यात्मिक स्तरमा माथि पाउँछु। २०–२२ को उमेरमा मान्छे जवान हुन्छ, कसैप्रति आकर्षित हुन्छ र कतिपय पटक त टाइम पास पनि गर्छ। तर, यो उमेरमा आइपुग्दा मलाई लाग्छ मैले आफ्नो समय राम्रो मान्छेलाई दिनुपर्छ, जो मसँग मिल्दो होस्।

(नागरिक दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१