द्धन्द्धकालमा घाइते भई अपाङ्गता भएकाहरुका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७२, बिहीबार १६:२२

सोलुखुम्बु ।द्धन्द्धकालमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय अपाङग कोषले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेकाले सोलुखुम्बुमा पनि त्यस्तो कुनै व्यक्ति भए स्थानीय शान्ति समितिले सम्पर्क गर्न अनुरोध गरेको छ ।apangata
स्थानीय शान्ति समिति सोलुखुम्बुका सचिव बाबुराम आचार्यका अनुसार विगत सशस्त्र द्धन्द्धको समयमा द्धन्दको कारण बाट घाइते भएका नागरिकहरुलाई निुशल्क फिजियो थेरापी सेवा, कृतिम हाटखुटा जडान, विशेषप्रकारको जुत्ता, वैशाकी, ह्वीलचियर, कृतिम आखाँ प्रदान गर्ने कार्यक्रम सञ्चालन भईरहेको छ । द्धन्द्धप्रभावित व्यक्ति तथा परिवारको लगत संकलन कार्यदलको प्रतिवेदनमा सोलखुम्बुका ३९ जना व्यक्ति सुचिकृत रहेका छन् भने त्यति नै संख्या सुचिकृत हुन बाकी रहेको र सचिकृत गर्नका लागि सिफारिस गरिसकिएको सचिव आचार्यले बताउनुभयो । कार्यदलको प्रतिवेदनमा नाम नसमेटिएका तर द्धन्द्धका क्रममा अपाङ्गता भएका व्यक्तिहरुले समेत स्थानीय समिति मार्फत जिल्ला प्रशासन कार्यालय तथा महिला तथा वालवालिका कार्यालयको सिफारिसमा आगमी फागुन १७ गते सम्म सो सेवा लिन सक्ने स्थानीय शान्ति समिति सोलुखुम्बुले जनाएको छ । शान्ति तथा पुननिमार्ण मन्त्रालय शान्ति कोष सचिवालयको सहयोगमा राष्ट्रिय अपाङ्ग कोष भृकुटीमण्डपमा स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१