नेपाल परिवार दलको प्रतिनिधिमण्डल द्वारा रास्ट्रपति संग भेट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७२, बिहीबार १३:२१

काठमाडौं ३  मंसिर  । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा गयको एक प्रतिनिधि मण्डलले राष्ट्रपति बिद्या देबी भण्डारी संग बुधबार  शितल निवासमा पुगी भेट गरेको छ । भेटमा अध्यक्ष ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नया संबिधान निर्माण हुनासाथ रास्ट्रको सर्बोच्च पद रास्ट्रपतिमा निर्बाचित भई नेपालको इतिहासमानै प्रथम महिला रास्ट्रपति समेत हुन सफल हुनु भएकोमा नेपाल परिवार दलको तर्फबाट महामहिम राष्ट्रपति बिद्या देबी भण्डारीलाइ हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।family

अध्यक्ष ढकालले संविधानको संरक्षण, सबल रास्ट्रीयता , राष्ट्रिय सम्वृद्धि  सामाजिक सदभाब, नैतिकवान समाज, रास्ट्रिय मेलमिलाप, निस्पक्ष अभिभाबकत्व, देशभक्ति साथै हिमाल पहाड र तराई मधेशका सम्पूर्ण नेपालीको राष्ट्रिय एकता मजबुत बनाउन महामहिम राष्ट्रपतिज्यूलाइ आग्रह गर्नुभएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी गराउनु भयो।

त्यसैगरि महामन्त्री बिनोद डाँगीले देशमा विद्धमान समस्या समाधानको लागि पहलकदमी लिन महामहिम रास्ट्रपति ज्यूलाई आग्रह गर्नु भयो । महामहिम राष्ट्रपतिले देशको जारी समस्या निवारणको लागि सबै राष्ट्रिय शक्ति एकजुट भयर अघि बढ्नु पर्दछ भन्दै भेटमा सहभागीहरुलाई राष्ट्र सेवामा जुट्न प्रोत्साहित गर्नु भयो । भेटमा नेपाल परिवार दलका महामन्त्री श्री बिनोद डाँगी, प्रबक्ता श्री सन्तोष कुमार पौडेल, सांसद सुश्री मिलन कुमारी राजबंशी तथा केन्द्रिय सदस्यहरु श्री गोबिन्द मिश्र, श्रीमती ब्लेसि गाडन ढकाल, श्री प्रकाश बाबु थापा, श्री गणेश कुमार श्रेष्ठ, अधिबक्ता श्री दयाराम कंडेल, श्री लक्ष्मी प्रसाद भण्डारी, श्री रुपसिंह भण्डारी, श्री पियारत्न महर्जन, श्री मनोज कुमार सुर्खेती, श्री काशिनाथ खनाल, श्रीमती सरिता थापा डाँगी, श्रीमती अप्सरा दुलाल, श्रीमती निला श्रेष्ठ, श्री देबी निरौला, श्रीमती गोमा दाहाल तथा महिला परिवार केन्द्रिय सदस्य श्रीमती फ्लोरामे पौडेल लगायत सहभागी थिए  ।

प्रतिक्रिया