नयाँ आमसञ्चार नीति आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७२, बिहीबार १२:०१

काठमाडौँ, ३ मङ्सिर  । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधान अनुकूल राष्ट्रिय आमसञ्चार नीतिको पुनरवलोकनका लागि स्वतन्त्रविज्ञ सहितको कार्यदल गठन गरिने बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले विद्यमान सञ्चार नीतिलाई समयसापेक्ष बनाउन त्यस्तो कार्यदल गठनको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया पनि चाँडै सुरु हुने छ ।sher dhanउहाँले सञ्चार सङ्ग्रहालय बनाई नेपाली सञ्चार क्षेत्रको इतिहास र अभिलेखलाई प्रवद्र्धन गरिने बताउँदै श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक समितिले गरेको सिफारिसको कार्यान्वयन र पत्रकार आचारसंहिताको कार्यान्वयनका विषयमा पनि आफूले मुलुकको आवश्यकतानुसार कार्यान्वयनका लागि पहल गरिने विश्वास दिलाउनुभयो । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले विभिन्न १७ बुँदे ध्यानाकर्षण बुझाउनुभएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१