‘सपिङ गर्न बैंकक जान्छु’-करिश्मा मानन्धर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७२, बिहीबार ०८:३०

Karishma-manandhar-1stकाम पर्दा म विदेश जान्छु । अहिले पनि वर्षको एकपटक ‘सपिङ’ गर्न बैंकक जान्छु । तर, ममा स्थायी रूपमा विदेश बस्ने सोच कहिल्यै आएन । त्यस्तो सोच ममा भएको भए विनोदसँग बिहे गरेपछि लन्डन गएर उतै घरजम गरेर बस्थेँ ।

समय–समयमा गरेको विदेश बसाइले नै म अघाएँ । कसरी अघाएँ भन्ने कुरा समयले निर्धारण गर्दो रहेछ । त्यतिवेला म यहाँ काम गर्दा–गर्दा वाक्क भएकी थिएँ । अमेरिका गएँ, ‘एक्सप्लोर’ गरेँ, बुझ्न खोजेको कुरा बुझेँ । गएपछि उताकै व्यवहारमा फस्दै गइँदो रहेछ । एक्लै अमेरिका गएकी थिएँ ।

व्यवहारलाई ‘सेटल’ गरेँ र फर्किएँ । छोरी कविताचाहिँ पढ्न भनेर उतै बसेकी छिन् । विदेशमै ‘सेटल’ हुने मोह मलाई छैन । अब म घुम्नबाहेक अर्को ‘पर्पोज’ लिएर विदेश जादिनँ होला । ‘इन्डिपेन्डेन्ट’ बन्नु के हो भन्ने मलाई अमेरिका बसाइले सिकायो । हरेक मानिसले स्वतन्त्रताको चाहना गरेको हुन्छ ।

‘फ्रिडम’ भन्ने कुरा अचम्मको हुन्छ, जुन मानिसको रगतमै हुन्छ र यसको चाहना उसले हरदम गरिरहन्छ । जब उसले फ्रिडम हासिल गर्छ, त्यसपछि उसलाई अरू नै केही चाहिन थाल्छ । यहाँ हामीलाई साथ दिने पूरै परिवार हुन्छ, साथी हुन्छन् ।

विदेशमा यो सब नहुने भएकाले उता बस्ने सबैले भित्री मनमा रित्तो महसुस गरेका हुन्छन् । पैसा कमाउन अथवा ‘करिअर’ बनाउन विदेश बस्नेहरूले नेपालजस्तो सहज कहिल्यै महसुस गर्न सक्दैनन् ।

फेरि अर्को कुरा के पनि हो भने फेमिली र फ्रेन्ड सर्कल उतै छ भने पनि विदेशमा मानिसले आफूलाई रित्तो नै महसुस गर्छ । किनकि, ऊसँग देश हुँदैन ।

मातृभूमि भनेको के हो र यसको महत्त्व, माया हामीमा कति धेरै छ भन्ने कुरा विदेशमा बस्दा जानिन्छ । मातृभूमिप्रतिको माया मैले विदेशमा बिछट्टै महसुस गरेँ ।

– नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१