छिट्टै आमा बन्दै छिन् रानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ मंसिर २०७२, बुधबार १६:१४

fref अभिनेत्री रानी मुखर्जी छिट्टै आमा बन्दै छिन् । त्यसैले, अहिले उनी आराम गरिरहेकी छिन् । पछिल्लोपटक उनी अमिताभ बच्चनले आयोजना गरेको दीपावली पार्टीमा सहभागी भइन् ।

त्यसपछि उनी कुनै पनि कार्यक्रममा गइनन् । बरु, उनलाई अस्पतालमा भर्ना गर्नुपर्‍यो । अहिले पनि उनी अस्पतालमै छिन् । थप केही दिन अस्पतालमा बस्ने उनले निर्णय गरेको उनीनिकट स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घरमा बच्चाका लागि कोठा तयार पनि नभएको र चिकित्सकले आरामको आवश्यकता रहेको बताएपछि रानीले केही दिन अस्पतालमा नै बस्ने निर्णय गरेकी हुन् । यसका साथै उनको घरमा विशेष तयारी पनि चलिरहेको छ । नयाँ बच्चाका लागि विशेष कोठा तयार पार्न थालिएको बलिउड पत्रकारहरूले ट्विट गर्न थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१