सेक्सका बारेमा एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । सम्भवतः यो सत्यलाई पुरुषले मन नपराउन पनि सक्छन् तर अध्ययनका अनुसार, महिलाहरुको तुलनामा पुरुषको सेक्स समय निकै कम हुने गरेकोछ ।
नयाँ अध्ययनले ४५ प्रतिशत पुरुषहरुले निकै छिटो सेक्स समाप्त गर्छन् अर्थात् मात्र २ मिनेटमा ।
लेखक हैरी फिचले नर्वे डटकमसँग कुरा गरे अनुसार, महिलाका लागि इन्टरकोर्सका माध्यमबाट चरमोत्कर्ष ९अर्गाज्म०सम्म पुग्नका लागि २ मिनेटले पुग्दैन । २ मिनेटमा जति बढी स्पिड बढाएपनि यसले महिलाहरुको औसत सेक्स समय भेट्दैन ।
फिचले एउटा नयाँ पुस्तक लेखेका छन् । पुस्तकको नाम हो– द न्यू नेकेडः द अल्टिमेट सेक्स एजुकेशन फर ग्रोन अप्स । यो पुस्तक हालैमात्रै विमोचन गरिएको थियो ।
फिचका अनुसार, सेक्सको औसत समय ७।३ मिनेट हो । जबकि महिलाहरुको आइडल समय ११ मिनेट जति हुने गर्दछ । यता ४५ प्रतिशत पुरुष भने २ मिनेट मात्रै टिक्ने गर्दछन् ।
खासगरी फोरप्ले भन्दा पनि महिलाहरु चरमोत्कर्षमा पुग्नका लागि सेक्सको अवधि लामो हुनुपर्ने अन्य अनुसन्धानहरुले देखाएका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया