हामी अधिकांशको यो बुझाइ छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहन्छ । यसैले हामी हरेक चिजलाई फ्रिजमा राख्छौ तर कतिपय यस्ता चिजहरु छन् जुन फ्रिजमा राख्दा उल्टो हानी हुन्छ । आउनुहोस फ्रिजमा राख्ननहुने चिजहरुको बारेमा जानकारि लिउँ ।
१. अण्डा : फिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् ।
२. टमाटर : फ्रिजमा टमाटर राख्नाले टमाटरको असली स्वाद हराँउछ । बढी चिसोमा टमाटरको भित्री झिल्ली कमजोर हुन्छ ।
३.आलु : फ्रिजमा आलु राख्नाले आलुको स्टार्च सुगरमा परिणत हुन्छ । यसले चाँडै आलुलाई बिगार्छ
४.लसुन : आलु जस्तै लसुन पनि फ्रिजमा राख्न नहुने चिज हो । आलुलाई जस्तै लसुनलाई घरको अँध्यारो र ओसिलो स्थानमा राख्नु राम्रो हुन्छ ।
५.प्याज : प्याजपनि फ्रिजमा राख्नु राम्रो मानिदैन । प्याज पनि अँध्यारो र ओसिलो स्थानमा राख्नु राम्रो हुन्छ ।
६.ब्रेड : हामि अधिकांशले ब्रेडलाई फ्रिजमा राखेर धेरै दिनसम्म खाने गर्छौ तर ब्रेडलाई फ्रिजमा राख्नाले अत्यधिक सुख्खापन आउने हुनाले हानिकारक हुन्छ ।
७.अचार : अचारमा भेनेगर अत्यधिक हुन्छ । भेनेगर राखिएको अचार फ्रिजमा राख्नाले फ्रिजमा राखेका अन्य सामान पनि बिग्रने डर हुन्छ ।
८.कागती, सुन्तला, मौसम : कातती,सुन्तला र मौसम जस्ता फलफुल हरु फ्रिजमा राख्नु हानिकारक मानिन्छ । त्यस्तै कफि,तुलसी,जैतुनको तेल पनि फ्रिजमा राख्नु हुँदैन ।
प्रतिक्रिया