सलमानबारे किन बोलिनन् क्याट्रिना ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ मंसिर २०७२, मंगलवार ०८:१८

ghsaबलिउड अभिनेत्री क्याट्रिना कैफ र अभिनेता सलमान खानको ‘अफेयर’ले लामो समय बलिउडमा चर्चा पायो । तर, यी दुईको सम्बन्ध बिग्रिएपछि दुवैले सम्बन्धबारे खासै बोलेनन् ।

उनीहरू मौन हुनुको अर्थ भयो, सम्बन्धबारे अनेक अड्कलबाजी । यो सम्बन्धबारे यी दुई किन बोल्दैनन् रु बारम्बार यो प्रश्न जन्मन्छ । केही दिनअघि एउटा ‘टक प्रोगाम’मा पनि क्याट्रिनालाई यही प्रश्न सोधियो ।

उनले भनिन्, ‘सलमान अद्भुत मान्छे हो, यो हाम्रो फिल्म उद्योगमा सबैलाई थाहा छ । उनको परिवारले मलाई सधैँ छोरीजस्तो व्यवहार गरे । म अहिले उनीहरूबारे सार्वजनिक रूपमा केही बोल्न चाहन्नँ ।

यो विषयमा कुरा गर्नु मेरो अहिलेको सम्बन्धको सम्मान नगर्नु हो ।’ यति भनेपछि पनि क्याट्रिनाले सुख पाइनन् । उनीमाथि अहिलेको सम्बन्धबारे प्रश्न राखियो ।

त्यसबारे उनले भनिन्, ‘रणवीर ९कपुर० मेरो अलटाइम साथी हुन् ।’ केही समयअघि रणवीरले क्याट्रिनासँगको सम्बन्ध सार्वजनिक रूपमा स्वीकारेका थिए ।

(नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१